सुनसरी क्षेत्र नं. २ उम्मेदवारमा अधिकांश नयाँ अनुहार
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा प्रायः नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । समानुपातिकबाट संसद् भएकादेखि प्रदेश सभा सदस्य भएका नेता पुरानो भए पनि प्रतिनिधि सभाको
गीत
बार्दलीमा मेरो जून झल्मलाएको छ एकै झल्को देख्न मन चल्मलाएको छ बार्दलीमा मेरो जून झल्मलाएको छ
आमा : माया... (कविता)
छोएर कहाँ अनुभूत हुन्छिन् र आमा, झर्केर आफू, कहाँ झर्किन्छिन् र आमा ?
निर्वाचनको अन्तिम तयारी
सर्लाहीमा आगामी २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचनको तया
अंशियारभित्रका अंशियार
कविताभित्रको एउटा विशेष विधा हो– गीत । जसको सम्बन्ध सङ्गीतसित बढी घनिष्ट रहन्छ । गायन नै गीतको मूल धर्म हो । गीतसङ्गीतमा गुन्जिँदा हरेक मान्छेको मन छुन्छ । छोटो, सरल भाषा, एउटै मनस्थितिको चित्रण, आख्यानविहीन रचना हो– गीत । यो लेख्न सहज छैन । गीत रहरले लेखिँदैन । गीत लेख्न खास क्षमता चाहिन्छ । संवेदनशील भावना चाहिन्छ । वास्तवमा गीत गाउनकै लागि लेखिन्छ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
हावामा पैसा
लक्ष्मी चन्चलाश्री हुन्छिन् अर्थात् ऐश्वर्यकी देवी एकै ठाउँ बस्दिनन् भनिन्छ । एकसे एक अर्थशास्त्री भएको अनि उहाँहरू सबै डलरको पहाडमुनि (डलर थुप्रियो, अब के गर्ने ? भन्ने किसिमका चित्रविचित्र समाचारहरू आइरहेको परिप्रेक्ष्यमा) राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खाइनखाई खटिइरहेको यस देशको यस कालखण्डमा अकिञ्चनले उपरोक्त विषयमा धेरै बोल्नु र लेख्नु मनासिब नहोला किन भने ऊसमेत सम्बद्ध निजी सञ्चारक्षेत्र हरितन्नम अवस्थामा छ त्यहाँ र
समयले सुमसुम्याएका डायरीका पाना
कामविशेषले पुरानो दराज खोल्दै छु । नत्र त म प्रायः यो दराज खोल्दै खोल्दिनँ । पुराना कागजपत्र, मेरा जीवनभरका प्रमाणपत्र यो दराजमा थन्किएर रहेका छन् । अब मलाई मेरो प्रमाणपत्रको कुनै आवश्यकतै छैन । अवकाश जीवनमा प्रमाणपत्रको महìव खासै नहुँदो रहेछ । तर आज यो दराज खोलेकी छु । खोल्दै जाँदा कागज हेर्दै जान्छु । आफ्ना प्रमाणपत्र एक/एक गरेर हेर्छु । मलाई आज खासै चाख लाग्दैन ती प्रमाणपत्रमा । एउटा डायरी पाउँछु । जहाँ जाँदा पनि एउटा डायरी, कलम लि
सुसेली हाल्दै गोसाइँकुण्ड र गङ्गा दशहरा
गोसाइँकुण्डमा सर्वप्रथम विसं १५०४ मा श्री श्री जय यक्षमल्लदेव ठाकुर र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नुवाकोट विजयपश्चात् विसं १८०१ मा स्नान भएको इतिहासमा पाइन्छ । सुगौली सन्धिबाट छट्पटिँदै अमरसिंह थापाले देहत्याग गरेको पवित्र धार्मिक स्थान नीलकण्ठ गोसाइँकुण्ड र दशहरा स्नान गर्ने अवसर जु¥यो ।
जोगिरा सररर
किनका के हाथ कनक पिचकारी, किनका के हाथ अबिर झोरी ? रामजी के हाथ मे कनक पिचकारी, सियाजी के हाथ अबिर झोरी !
निर्वाचन आचारसंहिता पालना प्रभावकारी
कास्कीमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै आचारसंहिता उल्लङ्घनसम्बन्धी हालसम्म लिखित उजुरी परेको छैन । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले हालसम्म आचारसंहिता उल्लङ्घनका घटनामा लिखित उजुरी नपरेको जानकारी दिनुभयो ।
गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यहाँका गाउँसहर चुनावमय बनेका छन् । राजनीतिक दलका उम्मेदवारले गाउँकेन्द्रित कार्यक्रम गर्न थालेपछि अहिले गाउँघरमा चुनावी रौनकता छाएको छ ।
मत खेर जान थालेपछि अलमलमा मतदाता
नागरिकले मत हालेका निर्वाचित जनप्रतिनिधि नै विभिन्न काण्डमा मुछिएपछि यस पटक कैलाली क्षेत्र नम्बर १ का मतदातामा खासै उत्साह छैन् । उम्मेदवारले कार्यकर्ता लिएर घरदैलो गरिरहे पनि आममतदाता भने अझै चुप छन् । पार्टी सदस्य दलकै पक्षमा र केही मतदाता नयाँ दललाई भोट दिने बताउँछन् । यहाँ उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, आमजनता पार्टी नयाँ छन् । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका नामबाट चुनाव लडेको नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नयाँ दाबी गरिरहेका छन् ।
आरोपप्रत्यारोपबिना नै प्रतिस्पर्धामा दल
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्लामा दलहरूबिच आरोपप्रत्यारोपबिना नै चुनावी प्रतिस्पर्धा भइरहेको छ । विगतमा विभिन्न मुद्दा उठाएर राजनीतिक दलले एकअर्काको आलोचना गर्ने गरेका थिए । यस पटक भने त्यस्तो प्रचलन हटेको छ ।
निर्वाचन सुरक्षाका लागि सीमानाका बन्द
प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका सीमानाका बन्द गरिने भएका छन् । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पर्ने पिथौरागढ जिल्लासँग जोडिएका नेपालका दार्चुला जिल्लाका सीमानाका तीन दिन (७२) घण्टासम्मका लागि सिल गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।
फरक क्षमतामैत्री भएनन् मतदान केन्द्र
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन् । अधिकांश मतदान स्थलनजिकैसम्म सडक पुगे पनि ती स्थल अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकमैत्री बन्न नसकेको सरोकारवालाले बताएका छन् ।
ढुक्क भएर मतदान गर्न आग्रह
गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा मजबुत रहेकाले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्वतन्त्रपूर्वक ढुक्क भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
विद्यावारिधिका चार उम्मेदवार चुनावी मैदानमा
राजनीतिमा पढेलेखेका आउँदैनन् भन्ने चर्चा सधैँ चलिरहन्छ तर सुदूरपश्चिमका चार क्षेत्रमा दर्शनशास्त्रमा विद्यावारिधि गरेका चार जना चुनावी मैदानमा उत्रिएका छन् तर चारै डाक्टरले चुनाव जित्न कडा मेहनत गर्नुपर्ने देखिएको छ । तीमध्ये तीन जना डा. भीमबहादुर रावल, अछाम–१; डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ र डा. ताराप्रसाद जोशी डडेलधुरामा लामो समयदेखि राजनीतिमा हुनुहन्छ । कैलाली–५ बाट डा. आनन्द चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ ।
आश्वासन होइन,‘लालपुर्जा’ दिलाइदिनेलाई मत
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२, तोरीखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार/पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म पनि आफूले उपभोग गरेको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउन नसक्दा सुकुमवासी भएर बस्न बाध्य भएका छन् ।
योग्य उम्मेदवार छान्ने आधार
नेपाली राजनीतिको रङ्गमञ्चमा निर्वाचनको साइत जुर्नेबित्तिकै एउटा राजनीतिक पदावली निकै चर्चामा आउँछ ‘हेभी वेट’ उम्मेदवार । चोक, चौतारीदेखि मिडियाका हेडलाइनसम्म कुन निर्वाचन क्षेत्रमा कुन दलको कस्तो ‘हेभी वेट’ उम्मेदवार उठ्यो भन्ने बहसले प्राथमिकता पाउँछ । सामान्य अर्थमा हेभी वेट भन्नाले उम्मेदवारको प्रभाव, शक्ति, पैसा, पहुँच र संसाधनको सम्पन्नतालाई बुझिन्छ । के लोकतन्त्रको स्वास्थ्यका लागि यस्तो ‘वजन’ फलदायी छ त ? गम्भीरतापूर्वक विश्लेषण
दलका घोषणापत्रमा पर्यटन
नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोष
सहिद घोषणा र अभिलेखन
नेपालको राजनीतिक इतिहासको अभिलेखमा यस वर्ष ४५ जना सहिद थपिए । योसमेत सरकारले २०४६ सालको परिवर्तनपछि विभिन्न समयमा ७४ पटक घोषणा गरेका सहिदको सङ्ख्या १४ हजार ९१६ पुगेको छ । यस गणनामा २००७ सालभन्दा पहिलेका लखन थापा तथा १९९७ सालमा मृत्यदण्ड दिइएका चार सहिद, २००७ सालदेखि २०४६ सालसम्म, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सालसम्मको माओवा
गर्भावस्थामा उच्च रक्तचाप
गर्भावस्था एक सुन्दर यात्रा हो, प्रकृतिको अद्भुत उपहार हो, जसले नारी जीवनलाई पूर्णता प्रदान गर्छ । यस अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन यस यात्राका सुन्दर पाइला हुन् । यसले स्वास्थ्यका केही चुनौतीले यो यात्रा जोखिमपूर्ण बनाउन सक्छन् । त्यसमध्ये एक गम्भीर चुनौती हो– गर्भावस्थाजन्य उच्च रक्तचाप । नेपाली समाजमा यसलाई ‘गर्भावस्थाको दौरानमा रक्टदाब बढ्नु’ भनेर चिनिन्छ । यसलाई मेडि