सामूहिक बजारीकरण सुरु
रोल्पाको लुङ्ग्री गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत सामूहिक बजारीकरण सुरु गरिएको छ ।
महानगर यातायात नक्कली बसले पीडित
महानगर यातायात प्रालिले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी अनधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाएको छ ।
एडिबीले चार वर्षमा तीन खर्ब ऋण दिने
एसियाली विकास बैङ्क (एडिबी) ले आगामी चार वर्षमा नेपाललाई तीन खर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
रासायनिक मलको मूल्य बढ्न सक्ने
इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ । युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने भएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ ।
इजरायल र इरानको भ्रमण नगर्न अपिल
नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न अपिल गरेको हो ।
सत्ता साझेदार दलका शीर्ष नेताबिच परामर्श
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताबिच संसद्, सरकार र बजेटका सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संसद्को गतिरोध हटाई बजेटमाथिको छलफल अघि बढाउने तथा विधेयकको छलफल अघि बढाउने सन्दर्भमा परामर्श भएको हो ।
प्रधानमन्त्री स्पेन जानुहुने
प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार १६ गतेदेखि स्पेनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँ असार २१ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
‘सञ्चार क्षेत्र समावेशी बनेको छ’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताउनुभएको छ ।
मुख्य आरोपित भण्डारी कम्बोडियाबाट पक्राउ
ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
विधायन व्यवस्थापन समिति अनिर्णीत
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन मुद्दा फिर्ता लिन सकिने संशोधनको प्रावधानबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति अनिर्णीत बनेको छ । समितिले सो विषयमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका वरिष्ठ नेतासँग छलफल गरेर सहमतिमा पुग्ने जनाएको छ ।
राष्ट्रिय खेलकुद मिति सरेको सर्यै
दसौँ राष्ट्रिय खेलकुदको निर्धारित मिति तीन पटक सर्यो तर फेरि कहिलेलाई तोकिने हो टुङ्गो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ । नेपाली खेलकुदको सबभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत, समूहगत खेलका खेलाडी, प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा समेटिन्छन् ।
सहर छाडेर गाउँमा उद्योगपति
गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङका ५४ वर्षीय मेघनाथ अर्याल २०४८ सालमा गाउँबाट बुटवल झर्नुभयो । २०५९ सालमा कोरिया गएर तीन वर्षपछि २०६२ सालमा घर फर्किनुभयो । जीवनमा नपुग्दो केही थिएन ।
करेन्ट लागेर कामदारको मृत्यु
हेटौँडा उपमहानगरपालिका –१९ नेवारपानीस्थित तारा फाइबर उद्योगमा कार्यरत कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
मुक्त कमैया, कम्लरीका लागि ७ करोड बजेट
लुम्बिनी प्रदेश सरकार र सुदूरपश्चिम सरकारले मुक्त कमैया, कम्लरीका लागि ७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२–८३ को लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेका हुन् ।
पेट्रोलियम अन्वेषणको आशमा बखरियावासी
नेपाली समाजमा एउटा उक्ति छ, ‘बाह्र वर्षमा त खोला फर्किन्छ’ यो उक्तिलाई आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रमले सार्थक पारेको छ ।
करेन्ट लागेर एक महिलाको मृत्यु
रौतहटमा बुधबार करेन्ट लागेर एक महिलाको मृयु भएको छ । राजपुर नगरपालिका –३ डमार पोखरी टोल बस्ने शेख सफुलाको श्रीमती ३० बर्षिय गुलनाज खातुनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।
चट्याङ लागेर महिलाको मृत्यु
कपिलवस्तुको विजयनगर गाउँपालिका –५, नौरंगियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय जन्ममति यादव रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
इलाममा भूमिहीनलाई लालपूर्जा वितरण
आफ्नो लालपूर्जा नहुँदा वर्षौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई इलाममा जग्गाको लालपूर्जा वितरण गर्न थालिएको छ । जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपूर्जा वितरण गरेको हो ।
ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती
जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ ।
प्रसारण लाइन नबन्दा १६ सय मेगावाट विद्युत् खेर जाने
समयमै विद्युत प्रसारण लाइन नबन्दा मर्स्याङ्दी करिडोर अन्तर्गत लमजुङ र मनाङमा निर्माण सम्पन्नको चरणमा पुगेका जलविद्युत् आयोजनाको विद्युत् खेर जाने भएको हो ।
विद्यार्थीलाई कृषि सिकाउन ड्रागन फ्रुट खेती
पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यावहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न गराउन थालिएको छ ।
एउटै वडामा १४ जना क्षयरोगी
स्याङ्जाको वालिङ नगरपालिका–५ मा एकै दिन १४ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो ।
मानवअधिकार उल्लङ्घनका विषयमा छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।