पढ्दै कमाउँदै कार्यक्रममा जोड
शिक्षामा सङ्घीय सरकारले बजेटमार्फत महत्वसाथ उठाएका विषयलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेका छन् । सङ्घीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा सामुदायिक विद्यालयको शिक्षक व्यवस्थापन, सिकाइमा सूचना प्रविधि प्रयोग, शिक्षकका दरबन्दी पुनरवलोकन, नमुना विद्यालय स्थापना, विद्यालय मर्ज तथा बिग विद्यालय स्थापनाको अवधारणालाई प्राथमिकता दिएको थियो ।
कांग्रेस बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्ने छ ।
मेलम्ची खानेपानी बर्खामा पनि
बर्खायाममा समेत काठमाडौँमा नियमित पानी वितरणका लागि मेलम्चीको दायाँपट्टि रहेको रिबर्माखोलामा नयाँ ‘हेडवक्र्स’ लगायतका संरचना निर्माण गरिएको छ । त्यहाँबाट पानी ल्याउन आयोजनाको मुख्य सुरुङसम्म दुई वटा पाइप पनि जडान गरिएको हो ।
इजरायलका नेपालीको उद्धार कार्ययोजना
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धग्रस्त देश इजरायलमा कार्यरत श्रमिकलाई सुरक्षित गर्दै उद्धार गर्ने विषयमा कार्ययोजना बनाएको छ ।
किन रोकियो निजामती विधेयक पारित प्रक्रिया
राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भई प्रतिनिधि सभामा पेस भएको निजामती सेवा विधेयकको प्रतिवेदनको प्रावधानमा उच्च राजनीतिक तहबाटै चासो व्यक्त भएपछि पारितको प्रक्रिया रोकिएको छ ।
चोभार गल्छीमा गेग्रान, बाढी थुनिने जोखिम
सङ्घीय सरकारका निकाय र स्थानीय सरकारबिच समन्वय नहुँदा काठमाडौँ उपत्यकाको चोभारस्थित गल्छीमा थुप्रिएको माटो, बालुवा, ढुङ्गासहित गेग्रान हटाउन ढिलाइ भएको छ । काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदी बहाव क्षेत्रमा थुप्रिएको गेग्रान व्यवस्थापनमा अलमल भएको हो ।
प्लास्टिकको विकल्प बायो झोला
सहर, बजार, घरखेत जताततै प्लास्टिक प्रदूषणले आक्रान्त बनाइरहेका बेला केही हात प्लास्टिकको विकल्प खोज्न र प्रयोग कम गराउन एकजुट भएका छन् । सरकारले नेपालमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्लास्टिक झोलाको विकल्प आमनागरिकले पाउन नसकेका बेला धीरज श्रेष्ठले प्लास्टिकको विकल्प दिने प्रयत्न थाल्नुभएको छ । उहाँले इको ¥याप नेपालमार्फत ‘म प्लास्टिक हैन’ नारासहित बायो झोला उत्पादन सुरु गर्नुभएको छ ।
‘मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ ।
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।
आरोही कल्याणकारी कोष स्थापना गर्दैछाैं : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ।
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।
विकिरणको निगरानी गरिरहेको कतारको भनाइ
इजरायली हवाई आक्रमणको निशानामा इरानी आणविक प्रतिष्ठान परेको छ । आणविक प्रतिष्ठानमा आक्रमण भएको सूचनापछि कतारले खाडीक्षेत्रमा विकिरणको मात्रा निगरानी गरिरहेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।
इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ ।
सरकारले बनायो नेपाली सुरक्षादेखि उद्धारको कार्य योजना
सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ ।
माटोको ढिस्को खस्दा ६ जना घाइते
हुम्लामा मङ्गलवार अपन्हन बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बुराउसे भन्ने स्थानमा सिमकोट देखि पञ्चमुखी जाने बाटोमा ग्याबिन भर्ने जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई ६ जना मानिस पुरिएर घाइते भएका हुन् ।
कैलाली कारागारका कैदीबन्दीको मृत्यु
कैलाली जिल्ला कारागारका १ कैदीबन्दीको मृत्यु भएको छ । बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुरा भागेश्वर–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहले उहाँको उपचारका क्रममा मृत्युको जानकारी दिनुभयो ।
विद्युत् कार्यालय टाढा भएपछि वडामै महसुल तिर्ने व्यवस्था
खाँदबारी नगरपालिका–४ नम्बर वडाका बासिन्दाले बिजुली महसुल तिर्न सदरमुकाम धाउनु नपर्ने भएको छ।
सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब
सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले यस प्रदेशमा एक खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका हुन ।
हिमाल आरोहणमा कीर्तिमान नै कीर्तिमानले चिनिने दोलखाको बेदिङ गाउँ
सन् १९५२ मा स्विजरल्यान्डको एउटा अनुसन्धान टोली काठमाडौँ, दोलखा हुँदै रोल्वालिङ उपत्यकाबाट पाँच हजार ७०० मिटर उचाइमा रहेको तासिलाप्चा पास पार गरेर सगरमाथातर्फ गएको थियो । त्यो टोलीमा दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङ गाउँका रिताछिरी शेर्पा पनि सामेल हुनुभएको थियो । बेदिङबाट सगरमाथा क्षेत्र जाने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
‘लहानको आँप ब्राण्डिङ गरिएन’
फलको राजा भनेर चिनिएको आँप लहान नगरपालिकामा उत्पादन कम भएपछि यसवर्ष ब्राण्डिङ नगरेको लहान नगरपालिका कृषि शाखाले जनाएको छ ।
घडियाल गोहीले कोरल्न थाले बच्चा
कैलालीको पथरैया नदीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियाल गोहीले ८६ वटा बच्चा निकालेका छन् । गोहीले चार वटा गुँडबाट बच्चा कोरलेको हुन सक्ने डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो ।
हिरासतमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान
कालीगण्डकी फाउण्डेशन नेपालले प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो ।
बागलुङका छ हजारभन्दा बढी बालबालिकालाई लगाइयो सबै खोप
बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ ।