ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिमाली बस्तीमा विद्युत सेवा अवरुद्ध
ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा विद्युत् साथै सञ्चार सेवा अवरुद्ध बनेको छ ।
‘असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्छ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्ने बताउनुभएको छ । समयमा विधेयक पास नभए शिक्षा क्षेत्र अराजकतातर्फ जान सक्ने बताउनुभएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या
खानेपानी उपभोक्ता समिति सिमकोटका प्राविधिक रुपेन्द्र रोकायाले खानेपानी समस्या चरम रहेको बताउनुभयो ।
बाँझो जमिनमा सामुहिक खेती
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ ।
पहिरोको जोखिममा मुसिकोट दरबार
ऐतिहासिक मुसिकोट दरबार पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको हाे ।
मेवा खेतीबाट मनग्य आम्दानी
हालसम्म यो समूहले १५० रोपनीभन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहर लाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाखभन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपैयाँको मेवा बिक्री भएको उहाँले बताउनुभयो ।
नाकामा फेरि कोरोना परीक्षण, एक जनामा सङ्क्रमण पुष्टि
भारतमा कोरोना बिरामीहरु बढ्दै गएपछि नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाहामा सतर्कता अपनाउन सुरु गरिएको छ । भारतबाट फर्किनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा शंकास्पदहरुको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
विद्यार्थी र अभिभावकको बढ्दै आकर्षण
सामुदायिक विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै, कमाउँदै कार्यक्रम मनाङमा प्रभावकारी बन्दै गएको छ । चामे गाउँपालिकाको वडा नं. ४ मा रहेको लोकप्रिय माविले आफ्नै विद्यालय परिसरमा तरकारी खेती गर्दै विद्यार्थीलाई काममा लगाएको छ ।
भट्टी बन्द गर्न स्थानीयको माग
लागुऔषध दुव्र्यसन, महिला असुरक्षा, सीमावर्ती क्षेत्रमा मादक पदार्थको अनधिकृत बिव्रmीवितरण र सेवनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढाएको आरोप स्थानीयले लगाएका छन् । स्थानीयले मदिरा पसल
स्वास्थ्य केन्द्र पुग्न सडक निर्माण
गुलरिया नगरपालिकाले १२ वटा वडामा स्वास्थ्य सेवा दिनका लागि सञ्चालन भएका आधारभूत स्वास्थ्य केन्द्रमा सहज यातायातका लागि सडक निर्माण सम्पन्न गरेको छ ।
पाल्पाको बाकामलाङमा प्रहरी चौकी स्थापना
पाल्पाको निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा र नवलपुर जिल्लाको सिमाना भोटाहामा प्रहरी पोष्ट स्थापना गरिएको हो ।
बजेटमा ‘जेनजी पुस्ता’ प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा जेनजी पुस्तालाई समेत प्राथमिकताका साथ समेटेको छ ।
तीस वर्षदेखि बेपत्ताका परिवार प्रतीक्षामा
तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका नागरिकको अवस्था अझै थाहा नहुँदा उनीहरूका परिवार अन्योलमा परेका छन् । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ का अमरबहादुर कटुवाल २०५८ साल चैतमा बेपत्ता हुनुभयो । छोरी भगवती कटुवाल भन्नुहुन्छ, “बुवा बेपत्ता हुनुभएको २४ वर्ष बित्यो तर खोजीमा स्थानीय र परिवारबाहेक कसैले सथा दिएका छैनन् । उहाँलाई सुराकीको आरोप लगाएर जबरजस्ती लगिएको थियो ।”
छाप्रोभित्र पढाइ हिउँद बर्खै विद्यार्थीलाई कष्ट
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–११ स्थित दुई विद्यालयका विद्यार्थीले छाप्रोमा पठनपाठन गर्दै आएका छन् ।
फर्कने आसमा काँडेभन्ज्याङ
तेल्लोक र सिकैचाको सिरानमा पर्छ, काँडेभन्ज्याङ । कतिपयले सिन्चेबुङ भन्ज्याङ पनि भन्छन् । यहाँ एक दर्जनभन्दा बढी घर छन् । पहिले खरले छाएको छानो अहिले हरिया नीला जस्तापाताले छपक्कै
डेङ्गुविरुद्ध स्वास्थ्य सचेतना
एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगविरुद्ध सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
तातोपानी संरक्षण गर्न तटबन्ध निर्माण
जिल्लाको दुहुँ गाउँपालिका–३ मा पर्ने तपोवन श्रीबगर तातोपानीको संरक्षण गर्न सङ्घीय सरकारले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको काम सुरु भएको छ ।
सार्वजनिक लेखा समितिको निष्कर्ष ‘बजेट असन्तुलित हुँदै गयो’
बागमती प्रदेश सरकारको बजेट असन्तुलित हुँदै गएको बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । हचुवामा दायित्व बोक्ने र पूरा गर्न
नगरको आम्दानी उपभोगमै खर्च
सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । २१ लाख ८१ हजार रुपियाँ कर्मचारीको बैठक भत्तामा र एक करोड १४ लाख रुपियाँ पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको हो ।
पक्की पुलका लागि बजेट विनियोजन
महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाड खोलामा विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल निर्माणका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ ।
वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ ।
भेटियो पहेँलो कछुवा
नेपालको चारकोशे झाडीका रूपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो ।
सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक
सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ ।