• ३ असार २०८२, मङ्गलबार

भट्टी बन्द गर्न स्थानीयको माग

blog

सार्वजनिक सुनवाइ कार्यक्रममा गुनासो गर्दै महिला ।तस्बिर: नागेन्द्र कर्ण

महोत्तरी समाचारदाता 

महोत्तरी, असार ३ गते । लागुऔषध दुव्र्यसन, महिला असुरक्षा, सीमावर्ती क्षेत्रमा मादक पदार्थको अनधिकृत बिव्रmीवितरण र सेवनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढाएको आरोप स्थानीयले लगाएका छन् । स्थानीयले मदिरा पसल तथा स्थानीय मदिरा उत्पादन गर्ने भट्टीका कारण मटिहानीमा झैझगडा तथा महिलामाथि हिंसा बढिरहेकाले ती पसल बन्द गर्नुपर्ने माग राखेका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मटिहानी नगरपालिका–८ मा आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यव्रmममा स्थानीयले सीमावर्ती क्षेत्रमा बढ्दो अपराध र सार्वजनिक निकायको ढिलासुस्तीसहितको सेवा प्रवाहबारे गुनासोसहित खुलेरै आफ्ना समस्या राखेका थिए ।

स्थानीय रामजी मण्डलले दसगजा (भारतीय र नेपाली सीमा क्षेत्र) सँगै रहेको मटिहानीमा भारतीय क्षेत्रबाट समेत मदिरा सेवन गर्नेहरू बढेको र यसले झैझगडा बढाएकाले दसगजामा मदिरा पसल बन्द हुनुपर्ने माग गर्नुभयो । भारतको बिहारमा मादक पदार्थ बिव्रmीवितरण तथा सेवनमा रोक लागेपछि भारतीयहरू मदिरा सेवन गर्न नेपाल आउने, झैझगडा गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने र साँझको समयमा महिलालाई बजारतर्फ जानसमेत डर लाग्ने गरेको मण्डलको भनाइ थियो । 

स्थानीय दुलारी देवीले मदिरा ओसारपसारका कारणले युवासमेत कुलतमा लागेको, सामाजिक वातावरण भयावह बन्दै गएकाले त्यसलाई रोक्न माग गर्नुभयो । उहाँले चौरमा जाँदा युवा गाँजामा लट्ठिएर जथाभाबी बोल्ने गरेको बताउँदै मदिरा र भट्टी बन्द भए मात्रै समाज सुध्रिने दाबी गर्नुभयो ।

स्थानीय निर्मला देवीले अपराधका घटनामा जिल्ला प्रहरी र जिल्ला प्रशासनसहितका कार्यालयमा सेवा लिन पुग्दा भोगेको झन्झटिलो प्रव्रिmयाप्रति गुनासो पोख्दै त्यसलाई सहजीकरण गर्न आग्रह गर्नुभयो । 

सार्वजनिक सुनवाइ कार्यव्रmममा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नाकामा छोटी भन्सार रहे पनि भारतीय क्षेत्र जाँदा मोटरसाइकलको छुटपुर्जीसमेत लिन १० किलोमिटर भिट्ठामोड पुग्नुपर्दा झन्झटिलो भएकाले त्यसलाई  हटाउन माग गर्नुभयो । उहाँले यहीँबाट छुटपुर्जी दिँदा यस क्षेत्रका बासिन्दालाई सहज हुने धारणा व्यक्त गर्नुभयो । 

भन्सार कार्यालय व्यवस्थित नहुँदा सामग्री किनमेल गरे पनि क्वारेन्टाइन सुविधाका लागि अर्को भन्सार कार्यालय पुग्नुपर्ने बाध्यताले गर्दा लामो दुरीको यात्रा र समय खर्च गर्नुपर्ने झन्झटिलो समस्या रहेको गुनासो गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सहज सेवा प्रवाहका लागि गर्नुभएको गुनासोलाई ध्यानमा राख्दै सहजीकरण गरिने बताउनुभयो । उहाँले अन्य कार्यालयमा सेवा प्रवाहमा कुनै समस्या भए निर्धक्क भएर जानकारी गराउन आग्रह गर्नुभयो । 

सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टले सीमावर्ती क्षेत्रका हरेक गतिविधिलाई गम्भीरतापूर्वक नियाल्दै लागुऔषध तथा अपराध नियन्त्रणमा आवश्यक निगरानी गरिरहेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले लागुऔषध र मदिराका कारण सीमावर्ती क्षेत्रमा हुने समस्या न्यूनीकरण गर्न नियमित गस्ती तथा चेकजाँच गरिरहेको जानकारी दिनुभयो ।