मुआब्जा विवादले पुल अलपत्र
नयाँरोड–बरहथवा–मधुवनी सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–१२, पुरैनियाँस्थित सोतीखोलामा पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
काठमाडौँमा आठ करोड लिटर पानी थपियो
मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ ।
बीस अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिइने
सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
सात सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास
पश्चिम नवलपरासीमा सात सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि पहिलो चरणको काम सुरु भएको छ ।
हेवामा ब्रिज भाँचिएपछि छानबिन समितिको अध्ययन सुरू
मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँचिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले अध्ययन सुरु गरेको छ ।
धौलागिरि र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा एकाइ’ सञ्चालन हुने
जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ अस्प्तालमा ‘इमरजेन्सी ट्रमा केयर एकाइ’ सञ्चालन हुने भएको छ । इकाइ सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
अवरुद्ध बेँसीसहर-चामे सडक सुचारू
बुधबार बिहान पहिरो खसेर अवरुद्ध बनेको डुम्रे, बेँसीसहर–चामे सडकखण्डको मनाङ सडक खण्ड सुचारू भएको छ।
लिङ्तेपका कृषकलाई उन्नत जातका गाईका बाछी
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नं. ४ लिङ्तेपका कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गरेको छ ।
गुरिल्ला दौडमा मनकुमार र प्रिया च्याम्पियन
प्रकृति पूजक मगर समुदायको मुख्य पर्व ‘भूमे’को अवसर पारी रोल्पाको थबाङ गाउँपालिका र रुकुमपूर्वको भूमे गाउँपालिकाले संयुक्त रूपले आयोजना गरिएको छ ।
रारामा पर्यटक ल्याउँदै सरकार
रारामा पर्यटक भित्र्याउन सङ्घीय सरकार लागिपरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर रारामा पर्यटक भित्र्याउने योजना राखिएको हो ।
सिन्धुलीमा दुई स्थानीय तहको आफ्नै प्रशासकीय भवन
जिल्लाका नौ वटा स्थानीय तहमध्ये गोलन्जोर र घ्याङ्लेख गाँउपालिकाले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उक्त भवन बनाएका हुन् ।
कागज उत्पादन गर्न सिक्दै चेपाङ
मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सीपसँग जोडिन थाल्नुभएको छ । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर सीप सिक्न थाल्नुभएको हो ।
सुनको मूल्य निरन्तर बढ्दो
गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो ।
डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
मंगलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ ।
फेवातालमा बृहत् सरसफाइ अभियान
पोखराको फेवाताल संरक्षण अभियान अन्तर्गत नागरिक समाजको अगुवाइमा फेवातालको पश्चिम–उत्तरमा रहेको सेती किनारबाट बृहत् सरसफाइ अभियान सुरु गरिएको छ ।
सडक स्तरोन्नत्तिमा साढे तीन अर्ब
आसपासका क्षेत्रलाई पोखरा महानगरको मुख्य बजार र राजमार्गसँग जोड्ने गरी यहाँका तीन सडक खण्ड एकै पटक स्तरोन्नति हुँदै छन् । विश्व बैङ्कको करिब साढे तीन अर्ब रुपियाँको लगानीमा तालचोकदेखि बेगनास ताल, दोबिल्लादेखि पुँडीटार र सिसुवाबाट सिसाघाट पुग्ने सडक निर्माण हुँदै छन् ।
लालपुर्जा भएर पनि जोतभोगबाट वञ्चित
बर्दियाको गुलरिया नगरपालिका–१०, थपुवा गाउँका कृष्णप्रसाद थारूको हातमा जग्गाधनी प्रमाणपुर्जा छ तर उहाँले जमिन जोतभोग गर्न पाउनुभएको छैन । जग्गाको मालपोत कर सालबसाली उहाँले तिर्दै आउनुभएको छ । आफ्नो जमिनमा भारतीय नागरिकले खेतीपाती गर्दै आइरहेकाले आफूले जोतभोग गर्न नपाएको गुनासो उहाँले गर्नुभयो ।
मेलम्ची र लार्चाले बगाए अस्थायी पुल
सोमबार राति मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका–११ मा रहेको फट्टे र भोटेकोशी गाउँपालिका–२, लार्चाको अस्थायी पुल (ह्युमपाइप) बगाएको छ ।
सरकारी लाभ लिनेमा ‘फाइल किसान’
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले फाइल किसानको घेराबन्दीमा सरकार परिरहेको बताउनुभएको छ । मङ्गलबार रुकुमपूर्वको सदरमुकाम रहेको रुकुमकोटमा मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भुमे गाउँपालिका–२ ले आयोजना गरेको रुकुमपूर्वको पर्यटन विकास र पोखरासँग सम्बन्ध विस्तार विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख र उपप्रमुखबिच विवाद
धरान उपमहानगरपालिकामा प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपप्रमुख आइन्द्रविव्रmम बेघाबिच विवाद हुँदा धरान उपमहानगरपालिका तनावग्रस्त भएको छ । धरान उपम
बसपार्क निर्माण सुरु
दोलखा सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–३ मा एक करोड रुपियाँभन्दा बढीको लगानीमा बसपार्क निर्माण सुरु भएको छ । भीमेश्वर नगरपालिकाका
सुदूरपश्चिम प्रदेश तीन सय किमीभन्दा बढी सडक निर्माण
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१८ किलोमिटर सडक निर्माण गरेको छ । प्रदेश सरकारले चालु आवको चैत मसान्तसम्म त्यति सडक निर्माण गरेको हो । निर्माण गरिएकोमध्ये १२० किलोमिटर कालोपत्रे सडक रहेको छ ।
मन्त्रालयको बेथिति : हाजिर भएको चौबिस घण्टामै सरुवा
रौतहटको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा डाक्टर श्रवणकुमार साह हाजिर भएको २४ घण्टा नबित्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले
भूकम्पको क्षति मूल्याङ्कन प्रक्रियामै असन्तुष्टि
रुकुमपश्चिमका स्थानीय तहका प्रमुखले जाजरकोट भूकम्पबाट भएको विस्तृत क्षति आकलन (डिडिए) का लागि भइरहेको कामप्रति आशङ्का व्यक्त गरेका छन् । हालसम्म पनि क्षति आकलनमै अल्झिएको, पुनर्निर्माणको सुरसार नगरेको र अस्थायी टहराको किस्ता नै भुक्तानी पाउन नसकेको भन्दै उनीहरूले विवरण सङ्कलनमै शङ्का रहेको उल्लेख गरेका छन् ।