दोलखा समाचारदाता
दोलखा, असार ४ गते । दोलखा सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–३ मा एक करोड रुपियाँभन्दा बढीको लगानीमा बसपार्क निर्माण सुरु भएको छ ।
भीमेश्वर नगरपालिकाका इन्जिनियर दीपक श्रेष्ठले एक करोड छ लाख ३६ हजार रुपियाँको लगानीमा बसपार्क निर्माण सुरु भएको जानकारी दिनुभयो । यसै महिनामा निर्माण सम्पन्न गर्ने गरी माता मनकामना बिल्डर्सले सम्झौतालगत्तै काम सुरु गरेको हो । असार अन्तिमसम्म यहीँबाट
बस सञ्चालन गर्ने तयारी भइरहेको छ । ग्याबिन जाली र मेसेनरी पर्खालको काम ७० प्रतिशत सकिएको छ र कङ्व्रिmट ढलानको कामको तयारी हुँदै छ ।
पहुँचमार्ग निर्माण भइसकेकाले निर्धारित समयदेखि नै यहीँबाट बस सञ्चालन हुने नगरका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । बसपार्कको अभावमा बजार क्षेत्रमा जथाभाबी राखिने यातायातका साधन व्यवस्थित गरिएपछि बजार व्यवस्थित हुने उहाँले बताउनुभयो ।