मोहनसिंह बुढा
हुम्ला, असार ३ गते । हुम्लामा मङ्गलवार अपन्हन बाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बुराउसे भन्ने स्थानमा सिमकोट देखि पञ्चमुखी जाने बाटोमा ग्याबिन भर्ने जग खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई ६ जना मानिस पुरिएर घाइते भएका हुन् ।
मोटोले ढिस्कोले पुर्दा बित्तिकै सोही थाउँमा काम गर्ने कामदारहरूले उद्धार गरी घाइतेहरुलाइ एम्बुलेन्समा जिल्ला अस्पताल सिमकोट ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत प्रहरी हवलदार बरिन्दर बानियाले बताउनु भयो
घाइते हुनेमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका १ निवासी वर्ष २५ का पदम सार्कीको ढाडमा चोट चोट लागेको छ भने सिमकोट गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष २२ कि शर्मिला बिक निधारको दाहिने भागमा चोट लागेको छ ।
सिमकोट गाउँपालिका ४ बस्ने वर्ष २३ कि सुबित्रा बिक बाहिरि चोट नदेखिएकाले अवस्था सामान्य रहेको बताउनु भयो भने सिमकोट गाउँपालिका ४ बस्ने वर्ष ५४ कि हिरा लामा, वर्ष ४० कि पेमा लामा र वर्ष ५० कि डोल्मा लामा सामान्य चोट लागेकाले उनीहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको बताउनु भयो ।