गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार १६ गतेदेखि स्पेनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँ असार २१ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।