• ६ असार २०८२, शुक्रबार

पहिला शिक्षक अहिले किसान

blog

फाइल तस्बिर

नवलपरासी समाचारदाता

बुलिङटार, असार ६ गते । एकतिस वर्षको सरकारी शिक्षक पेसाबाट अवकाश पाउनुभएका माधव गिरी अहिले सफल कृषकका रूपमा परिचित हुनुहुन्छ । गाउँमै बसेर राम्रो आय आर्जन गर्दै अघि बढेका मध्ये एक सफल किसान उहाँको अर्को परिचय बनेको छ ।  

नवलपरासी पूर्वको सीमा जोडिएको तनहुँ रिसिङ गाउँपालिका–५, रूपटार गाउँका स्थायी बासिन्दा गिरी स्थानीय गाउँकै विद्यालयमा प्रधानाध्यापक भई  शिक्षण पेसाबाट बाहिरिएपछि कृषि पेसामा पनि उहाँ सफल हुनुभएको स्थानीय शिक्षक वसन्त गिरीले बताउनुभयो । 

गिरीले अहिले आफ्नो बारी र खेतमा मौसम अनुसार लिची, केरा, आँप, मेवा र अन्य तरकारी खेती फलाउनुभएको छ । यसबाट उहाँले मासिक एक लाखभन्दा धेरै आम्दानी गरेर गाउँलेलाई समेत आकर्षित गर्नुभएको स्थानीय भीमबहादुर माझीले बताउनुभयो ।