सामाजिक न्यायको दिशामा अग्रसर होऔँ
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार निवारण विधेयक : बेनामे उजुरीमा अड्कियो सहमति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार र अनियमितताका बेनामे उजुरी लिन दिने वा नदिने विषयमा संसदीय समितिले अनौपचारिक परामर्श थालेको छ ।
बिआरआई सहमति अनुदानमै
नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ सहकार्य फ्रेमवर्क अनुदानमै आधारित रहेको प्रस्ट पारेको छ ।
तीन उपकुलपतिमा एकतिस प्रतिस्पर्धी
उपकुलपति रिक्त रहेका मुलुकका तीन वटा विश्वविद्यालयका लागि ३१ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा
झुटो जन्ममिति भएको नागरिकताको विवरण पेस गरेर सरकारी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिष्टता र सभ्यता छैन,असुलीकै चिन्ता
सङ्घीय राजधानी काठमाडौँमा १५ सिट रहेको माइक्रोबसमा चालकपछि उल्टो फल्याके सिट राखेर १९ जना, दुई जनाको सिटमा तीन र चार जनाकोमा पाँच जना गरी २२ जना यात्रु बसाल्ने अनि
पुरैनी तालनजिक घुँघीफोर गरुडको बथान
बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालनजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा गरुड प्रजातीको बथान पाइन्छ । गरुड यहाँको रैनाथे प्रजाती हो ।
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।
निजामती कर्मचारी ऐन संशोधनबारे छलफल सुरुभएको छ : मन्त्री गुप्ता
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतबारबाट संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताउनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनु भएको छ ।
‘निजी विद्यालयले पहुँच नपुगेका बालबालिकालाई समेटनुपर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीजि बिद्यालयहरुले शिक्षामा पहुँच नपुगेका बालबालिकालाई पनि समेटन सक्नुपर्ने बताउनु भएको छ ।
नेपालले वायु गुणस्तर मापन केन्द्रको बिस्तार गरेको छ : वनमन्त्री शाही
वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले वायु मापन केन्द्रहरुको ब्यापक बिस्तारको काम गरेको बताउनु भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।
सिरियामा ‘रासायनिक हतियार’ आक्रमण भयाे : इजरायल
इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताउनु भएको छ । सिरियामा विद्रोही सेनाले सप्ताहन्तमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेको थियो ।
‘राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैन’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुहुँदै लोकतन्त्र र राजतन्त्र सँगै जानै नसक्ने बताउनुभएको छ । सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
धनगढी जाँदै गरेको बस दुर्घटना, दुई घाइते
काठमाडौँबाट धनगढीका लागि छुटेको बस सोमवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका –८ मगुवामा दुर्घटना भएको छ।
‘विद्यालय–विद्यार्थी र शिक्षकबिच अनुपात मिलेको छैन’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताउनुभएको छ ।
व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ ।
अराजकता र भ्रष्टाचारविरुद्ध सक्रिय हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
म्यानमाको प्रमुख विद्रोही समूहले वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठायो
बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रतिनिधिमण्डल पठाएको समूहका प्रवक्ताले सोमबार बताएका छन् ।
पाटेबाघको बच्चा मृत फेला
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।
भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा
विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुग्नुभएको छ ।
कोषाध्यक्ष उमेश श्रेष्ठको मनोनयनलाई कांग्रेस कार्यसम्पादन समितिद्वारा अनुमोदन
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले हालै उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा गर्नुभएको नियुक्तिलाई अनुमोदन गरेको छ ।
हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु
हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताउनुभएको हो ।
टर्किएमा सैन्य हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।