• ९ पुस २०८१, मङ्गलबार

निजामती कर्मचारी ऐन संशोधनबारे छलफल सुरुभएको छ : मन्त्री गुप्ता

blog

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता । फाइल तस्विर

चितवन, मङ्सिर २४ गते । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतबारबाट संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजसम्म सात जनासँग छलफल भइसकेको छ । एक हजार पाँचसय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुनेछ ।” आगामी अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेस गर्नेगरी सरकारले काम गरेको उहाँले बताउनुभयो । 

मन्त्री गुप्ताले भन्नुभयो, “नौ वर्षदेखि अड्किएको विधेयकको विषयमा द्रूत गतिमा काम हुन्छ ।” यसलेगर्दा कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस