• ९ पुस २०८१, मङ्गलबार

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदैछ : प्रधानमन्त्री

blog

धानमन्त्री केपी शर्मा ओली झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रममा ।

झापा, मङ्सिर २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार शुभारम्भ गर्नुभएको छ ।


साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि काङ्ग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुन: स्मरण गराउनुभयो ।