मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक बैठकमा सहभागी हुन सुर्खेत पुग्नुभएको गृहमन्त्री लेखकले कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुुहुँदै मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण गरिएको बताउनुभएको हो ।
वधशाला लागुऔषध सेवनकर्ताको अखडा
सर्लाहीको लालबन्दी बजारमा करिब एक करोड रुपियाँ खर्चिएर निर्माण गरिएको वधशाला प्रयोगविहीन बनेको छ । प्रयोगविहीन भवन अहिले लागुुऔषध सेवनकर्ताको अखडा बनेको स्थानीय बासिन्दाले बताएका छन् । लालबन्दी
बाल अधिकार
बालश्रम गर्नुहुन्न माया गर्नु पर्छ बालश्रम गर्नेलाई कारबाही गर्नु पर्छ ।
दाबीखोलामा पुल बनेपछि स्थानीय हर्षित
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ३ नम्बर वडा र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
दहीडाँस पुलको पुनः म्याद थप
मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँसखोलाको पुल निर्माण गर्न तेस्रो पटक समय थपिएको छ तर थपिएको समयमा पनि पुल निर्माण सम्पन्न हुनेमा आशङ्का गरिएको छ ।
पुरैनीमा आइपुगे कलहाँस
बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसaलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।
पुल निर्माण गर्न प्रशासनलाई गुहार
कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटार जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदार चार वर्षदेखि पुल निर्माणको काम नगरी बेपत्ता भएको भन्दै स्थानीयले प्रशासन गुहारेका छन् ।
बालबालिकामा कुपोषणको अवस्था पहिचान गरिँदै
दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । कुपोषण पहिचानको काम गढवा गाउँपालिका वडा नं. ६ को कुमाल गाउँबाट सुरु गरिएको छ ।
गाउँ फर्किए पहिरो विस्थापित
गोरखाको बारपाकमा २०७२ साल वैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले बारपाक सुलीकोट गाउँपालिका–४ स्थित खारुङ गाउँ नै तहसनहस बनाएको थियो ।
गाउँमै बस्न रमाउछन् भुर्तुङका वृद्ध र युवा
उमेरले ८४ वर्ष पुग्नै लाग्नु भएका कालीगण्डकी ७ भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई शहरमा बस्न नपुगेर होइन्, उहाँका चार भाई छोरामध्ये एक जना भारत र तीन भाई बुटवललगायतका शहरमा हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
भारत पुर्याइएका दुई किशोरीको उद्धार
भारतको दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई जना नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
मेलम्चीमा सुविधासम्पन्न स्वास्थ्य चौकी
मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ ।
कार्यालय सार्न खोज्दा विरोध
रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
दार्चुलामा हिमपात, जनजीवन प्रभावित
आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
व्यवसायीद्वारा आन्दोलनको चेतावनी
नेपालगन्ज उपमहानगरले इरिक्सा व्यवस्थापनमा चासो नदिएको भन्दै इरिक्सा व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रेबिजविरुद्धको खोप अभाव
लुम्बिनी प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ ।
धान खेत मास्दै ड्रयागन फ्रुटको व्यावसायिक खेती
मोरङका पथरीशनिश्चरे–६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै व्यावसायिक खेतीमा लाग्नुभएको छ ।
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो ।
मायाको चिनो ‘रायो साग’
आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।
म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै
म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ ।
‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ ।
भेटियो दुर्लभ स्तनधारी रेडपाण्डा
हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेडपाण्डाको तस्बिर र भिडियो खिच्नु भएको हो ।