बालश्रम गर्नुहुन्न माया गर्नु पर्छ
बालश्रम गर्नेलाई कारबाही गर्नु पर्छ ।
बालबालिकाको सबै माग पूरा गर्ने हो ।
जीवनभरि बालबालिकालाई सहयोग गर्ने हो ।
खोस्नु हुन्न बालकका हक र अधिकार
खान दिनु पर्छ उनलाई अनेक परिकार ।
राम्रो खान दियौँ भने हुन्छ दिमाग तेज
बालबालिका राम्रो बने हुन्छ राम्रो देश
छोरालाई राम्रो शिक्षा, छोरीलाई घरको काम
ठुलो भएर कमाउँछिन् छोरीले नै नाम
आज हामी साना साना फूलका कोपिला
भोलि पर्सी देश हाँक्ने हामी जोसिला
राम्रो गरी दिनु पर्छ शिक्षादीक्षा
जरैदेखि हटाउनु पर्छ अशिक्षा ।