सर्लाही समाचारदाता
सर्लाही, मङ्सिर २४ गते । सर्लाहीको लालबन्दी बजारमा करिब एक करोड रुपियाँ खर्चिएर निर्माण गरिएको वधशाला प्रयोगविहीन बनेको छ । प्रयोगविहीन भवन अहिले लागुुऔषध सेवनकर्ताको अखडा बनेको स्थानीय बासिन्दाले बताएका छन् । लालबन्दी नगरपालिका–७ स्थित तरकारी बजारदेखि दक्षिणतर्फ करिब एक करोड रुपियाँ खर्चिएर वधशाला भवन तथा नजिकै ढलान र जस्ताको छानो हालेर ट्रस्टसमेत निर्माण भएको छ ।
चार वर्षअघि नै निर्माण भएको बधशाला भवन प्रयोगमा नआउँदा भवन नै जीर्ण बन्न थालेको छ । प्रयोगविहीन भवन लागुुऔषध प्रयोगकर्ताको लागुुऔषध सेवन गर्ने थलो बन्दा गाउँघरमा चोरी तथा अपराधका घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ता समितिमार्फत बनाइएको वधशाला भवन निर्माण भएको बर्सौंसम्म पनि नगरपालिका कार्यालयलाई हस्तान्तरण हुन सकेको छैन । लालबन्दी बजारमा अहिले अव्यवस्थित रूपमै माछामासुुको बिव्रmी हुने गरेको छ ।
यो बजार जनज्योति नमुना माध्यमिक विद्यालयको मातहतमा पर्छ । विद्यालयको व्यवस्थापन समितिले उपसमितिका रूपमा बजारको समेत जिम्मेवारी हेर्ने गरेको थियो । अहिले विद्यालय नै व्यवस्थापन समितिविहीन रहेकाले बजार हेर्ने जिम्मेवारीसहित लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोदकुमार तिमल्सिना संयोजक र नगरमा व्रिmयाशील राजनीतिक दलका प्रतिनिधि सदस्य रहने गरी बजार उपसमिति निर्माण गरिएको छ । उपसमितिका संयोजक तिमल्सिनाले लामो समयदेखि प्रयोगविहीन रहँदा भवन अत्यन्त खराब रहेको पाइएको जानकारी दिनुुभयो ।
अलपत्र वधशाला के गर्ने भन्ने विषयमा एक साताअघि भवन निर्माण समिति, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारीसहित स्थलगत अनुुगमन गरिएको तिमल्सिनाले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “मार्बल बिछ्याएर बनाइएको वधशाला भवन प्रयोग नहुँदा अत्यन्त खराब भइसकेको पाइयो ।”
लालबन्दी नगरपालिकाले राँगा तथा खसीको जथाभाबी हुने वध र मासुुको किनबेचलाई व्यवस्थित बनाउने उद्देश्यले वधशाला निर्माण गरेको हो । बाहिर अन्यत्र वध गरेर बजारको वधशालामा ल्याएर मासुु बिक्री गर्ने योजना भए पनि लागु हुन सकेको छैन ।
लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले सुरुमा वधशाला भवन र त्यसपछि ट्रस्ट निर्माण गर्दा पनि मासुु काटमारलाई व्यवस्थित गर्न नसकिएको बताउनुुभयो । “वधशाला सञ्चालन गर्न पाए दुुर्गन्ध र जथाभाबी हुने फोहोर कम हुने थियो तर भवन प्रयोगमै ल्याउन सकिएन,” वडाध्यक्ष कार्कीले भन्नुुभयो, “भवन प्रयोग नहुुँदा लागुुऔषध सेवन गर्नेलाई सुरक्षित स्थान बन्न पुुगेको छ ।” वडाध्यक्ष कार्कीले वधशाला प्रयोगमा ल्याउन पटक पटक प्रयास गरे पनि सफल हुन नसकेको बताउनुुभयो । नगरपालिकाले वध गरिने पशुु स्वस्थ रहे÷नरहेको परीक्षण गरेर मात्रै मासुु बिक्री गर्ने उद्देश्यसहित वधशाला निर्माण गरेको हो ।