लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर २४ गते । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय बालमती बोहराले जानकारी दिनुभयो । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । सदरमुकाम खलङ्गासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरि चिसो बढेको छ ।