जेनेभा, मङ्सिर २४ गते । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताउनुभएको हो ।
जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भन्नुभयो, “गत साता मात्र हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्याक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ । उहाँका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ ।” रासस/एएफपी