• ९ पुस २०८१, मङ्गलबार

‘निजी विद्यालयले पहुँच नपुगेका बालबालिकालाई समेटनुपर्छ’

blog

गोरखापत्रकर्मी बिष्णुप्रसाद पोखरेललाई मुख्यमन्त्री कार्कीले सम्मानित गर्नुहुँदै ।

बिष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीजि बिद्यालयहरुले शिक्षामा पहुँच नपुगेका बालबालिकालाई पनि समेटन सक्नुपर्ने बताउनु भएको छ । 

नीजि तथा आवासीय बिद्यालयहरुले नेपालको शिक्षा क्षेत्रको विकास र प्रवर्धनमा योगदान दिइरहेको बताउँदै उहाँले यस्तो बताउनु भएको हो । सोमबार झापाको दमकमा नीजि तथा आवसीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) दमक झापाको आयोजनामा सुरु भएको २ दिने सास्कृतिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले शिक्षासम्बन्धि ऐन परिमार्जन हुँदा नीजि क्षेत्रका सकारात्मक मागलाई सम्बोधन हुनेमा आफु आशाबादी रहेको बताउनुभयो । 

कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्नेमा नीजि क्षेत्र पनि लाग्नुपर्छ, उहाँले भन्नुभयो । शिक्षामा नीजि क्षेत्रले गरेको लगानीको सुरक्षा गर्नका लागि प्रदेश सरकारले खेल्नु पर्ने भूमिका खेल्ने उहाँले जनाउनुभयो । सरकारको एकल प्रयासले मात्र समय सापेक्ष शिक्षाको बिकास सम्भव नभएकाले नीजि क्षेत्रको सहकार्य सधै आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । 

बिद्यार्थीको मनोभावाना र समयअनुसारको शिक्षा आजको आवश्यक भएकाले यसमा सबैको ध्यान जानु पर्नेमा उहाँको जोड थियो । परम्परागत शिक्षाभन्दा अब आधुनिक र समयको मागअनुसारको शिक्षालाई जोड दिइनुपर्छ, उहाँले भन्नुभयो । बिभेदरहित शिक्षा आजको माग र आवश्यकता हो, उहाँले भन्नुभयो ।

गोरखापत्रकर्मी पोखरेलाई सम्मानित

यसैबिच प्याब्सन दमकले शिक्षा क्षेत्रमा पत्रकारिताको माध्यमबाट गरेको योगदानको कदर गर्दै गोरखापत्र दैनिकका दमक समाचारदाता बिष्णुप्रसाद पोखरेलसहित बिभिन्न क्षेत्रका ३ जनालाई सम्मान गरेको छ । 

पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

जनप्रतिनिधि दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल र लिटल स्कोलर स्कूल दमकका प्रेम ओझालाई सम्मान गरेको छ । प्याब्सन दमकका अध्यक्ष नबिन योगीका अनुसार समाजमा बिभिन्न क्षेत्रमा योगदान दिएका र शिक्षा क्षेत्रको बिकासमा स्थानीय क्षेत्रमा क्रियाशिलहरुलाई सम्मान गरिएको हो ।