शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ५ गते । अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्याउँदै चैत १३ गते गरिन लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन रोक्न राखेपले एन्फालाई पुन: निर्देशन दिएको छ ।
राखेपले बिहीबार पत्रमार्फत एन्फालाई निर्वाचनका सवै प्रक्रिया रोकेर तीन दिनभित्र लिखित जानकारी दिन निर्देशन पनि गरेको छ ।
पंकज विक्रम नेम्वाङको अध्यक्षतामा रहेको एन्फाले क्लब र जिल्लाको तहगत निर्वाचन नगरी एक्कासी ‘अर्ली इलेक्सन’को नाममा पुरानै प्रतिधिलाई सामेल गराएर निर्वाचन गर्न लागेको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।
यसअघि एन्फाले फागुन २७ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । त्यतिबेला तय भएको एन्फा निर्वाचन रोक्न निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै निर्देशन दिएपछि रोकिएको थियो ।
