काठमाडौँ, चैत ५ गते । स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले इङ्लिस क्लब न्युक्यासललाई ७–२ गोलले हरायो । पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको बासिर्सलोनाले समग्रमा ८–३ गोलले विजयी भयो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई दुई तथा मार्क बर्नाल, लामिन यमल र फर्मिन लोपेजले सएक एक गोल गर्नुभयो ।
यस्तै लिभरपुलले गालातासारेलाई ४–० गोलले हरायो । पहिलो लेगमा १–० ले पछि परेको लिभरपुल समग्रमा ४–१ ले विजयी भयो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह, रायन ग्राभेनबर्च, हुगो एकिटिके र डोमिनिक जोबोस्जाइले गोल गर्नुभयो ।
अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड इङ्लिस क्लब टोट्टनहामसँग ३–२ गोलले पराजित भयो । तर, पहिलो लेगमा निकालेको ५–२ को जितको आधारमा एट्लेटिको अन्तिम आठमा पुग्न सफल भयो ।
अर्को खेलमा बायर्न म्युनिखले एट्लान्टालाई समग्रमा १०–२ गोलले पछि पार्दै अन्तिम आठमा स्थान बनायो । एजेन्सी