• ९ पुस २०८१, मङ्गलबार

म्यानमाको प्रमुख विद्रोही समूहले वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठायो

blog

याङ्गुन, मङ्सिर २४ गते । बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रतिनिधिमण्डल पठाएको समूहका प्रवक्ताले सोमबार बताएका छन् ।

काचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) को एक प्रतिनिधिमण्डल चीनको निमन्त्रणामा ‘चिनियाँ सरकारसँग वार्ताका लागि’ आइतबार प्रस्थान गरेको कर्नल नव बुले जानकारी दिनुभयो । उहाँले वार्ताका बारेमा वा त्यो कहाँ हुनेबारे कुनै विवरण दिनुभएन । चीन सन् २०२१ मा म्यानमामा सत्ता कब्जा गर्ने जुन्ताको सबैभन्दा महत्वपूर्ण सहयोगी हो तर यसको सिमानामा रहेको क्षेत्र ओगट्ने धेरै जातीय विद्रोही समूहहरुसँग पनि सम्बन्ध राख्छ ।

गत वर्ष ती समूहहरु मध्ये केही र उत्तरी म्यानमामा जुन्ताबीचको झडप बढेको देखिएको छ । यो बेइजिङको खर्बौं डलरको बेल्ट एन्ड रोड पहलको महत्वपूर्ण लिङ्क हो । नाव बुका अनुसार केआइएका लडाकूहरु सोमबार भामो सहरमा जुन्ता सैनिकहरूसँग लड्दै थिए । “उनीहरुले (म्यानमा सेनाले) आफ्नो आधारको रक्षा गर्न धेरै हवाई आक्रमण र तोप आक्रमणको प्रयोग गरे”, उहाँले भन्नुभयो ।

करिब सात हजार लडाकू बोलाउन सक्ने केआइएले काचिन राज्यमा स्वायत्तता र स्थानीय स्रोतको नियन्त्रणका लागि दशकौँदेखि सेनासँग लडिरहेको छ । उक्त राज्य विशाल जेड खानी र दुर्लभ भारी पृथ्वी तत्वहरुको घर हो र यसको अधिकांश चीनमा निर्यात हुन्छ ।

हालैका हप्ताहरुमा छिमेकी शान राज्यका अन्य दुई म्यानमा विद्रोही समूहले चीनको मध्यस्थतामा जुन्तासँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । चीनले यी कदमहरूको स्वागत गरेको छ । विश्लेषकहरुका अनुसार बेइजिङले जुन्ताविरुद्धको कारबाही रोक्न समूहहरूलाई दबाब दिएपछि शान्ति वार्ता हुन लागेको हो ।

म्यानमा लगभग एक दर्जन जातीय विद्रोही समूहहरूको घर हो । उनीहरु जेड, काठ र अफिमलगायत आकर्षक स्रोतहरुको स्वायत्तता र नियन्त्रणका लागि दशकौँदेखि सेनासँग लडिरहेका छन् । केआइए, म्यानमा नेसनल डेमोक्रेटिक एलायन्स आर्मी र ता’आङ नेसनल लिबरेसन आर्मी लगायत केहीले नयाँ ‘पिपुल्स डिफेन्स फोर्स’ लाई आश्रय र प्रशिक्षण दिएका छन् । उक्त फोर्स सन् २०२१ मा सत्ता कब्जा गरेपछि सेनासँग लड्नका लागि उठेका थिए । रासस/एएफपी