कविराज घिमिरे 
हिले कात्तिक १४ गते । बिहीबारबाट सुरु भएको वर्षाका कारण दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर,  भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् ।  
तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ ।
यो निर्माणाधीन सडक अवरुद्ध हुँदा धनकुटाको चौबिसे र पाँचथरतर्फबाट आउने सवारी साधनलाई अवरोध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)