राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड ग्रहण गर्न आइसल्यान्डतर्फ जाँदै हुनुहुन्छ ।
निर्वाचन सुरक्षा थप सुदृढ बनाइँदै
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ। केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो।
चितवनका मतदाताले सम्झाए वाचा
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललगायत १० स्वतन्त्रसहित १९ जना उम्मेदवारकै कारण चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ राष्ट्रिय चासोको विषय बनेको छ।
उम्मेदवारसँग मतदाताको अपेक्षा ठूलो
हरेक निर्वाचनमा मतदाता र उम्मेदवार प्रायः हुने संवाद यिनै हुन्। मतदाता उम्मेदवारसँग ठूलो अपेक्षा राख्छन् र उम्मेदवारले निर्वाचन जित्नकै लागि ती माग पूरा गरिदिने भनी तत्कालै मौखिक प्रतिबद्धता व्यक्त गर्छन्। अर्काे निर्वाचन आइसक्दा गाउँका समस्या जस्ताको तस्तै रहन्छन् र उम्मेदवारसँग मतदाताको अपेक्षा पनि उही रहन्छ। उम्मेदवारले विधायिकी निर्वाचन हो भनी मतदातालाई बुझाउन चाहँदैनन्। निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। मतदातालाई सांसद भनेको नीति नियम निर्माता हुन्, सडक–पुल निर्माण गरिदिने माध्यम होइनन् भन्ने थाहा छैन।
२४ घण्टामा २८ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८७९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो ।
रुपन्देही २ मा एमाले–राप्रपा–जसपाको प्रतिबद्धतापत्र जारी
रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आइतबार सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द
आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।
‘वार्षिक कार्ययोजना र वार्षिक खरिद योजना अन्तरसम्बन्धित भएको विषयलाई बोध गरौँ’
काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङका विषयमा छलफल भएको छ ।
एमाले नेता गौतमले झाँक्रीलाई सघाउने, विष्टलाई केही समस्या नहुने एमालेको ठहर
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा २२ जना उम्मेदवार
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछाप जिल्ला २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
सिन्धुली निर्वाचन क्षेत्र नं. १ मा १२ र २ मा नौ उम्मेदवारबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुली निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
शनिबार विद्यालय पढ्न पाएपछि विद्यार्थी खुसी
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।
ललितपुरमा दुई सय ९० मतदान केन्द्र
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।
कांग्रेस–माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
निर्वाचनमा प्रेसको भूमिका महत्वपूर्ण हुन्छ : कार्की
सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
सुजाता र ऋषिकेशबीच चुनावी प्रतिस्पर्धा
निर्वाचनको मिति नजिकिएसँगै मोरङ – २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ ।
साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक
साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ ।
बानेश्वरमा अण्डरपास निर्माण अघि बढ्दै, कन्सलटेन्ट हायर
काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो । पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ ।
फरक क्षमता भएकालाई नमुना मतदान
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो ।
अबको भिजन, गुणस्तरीय जीवन : ऊर्जा मन्त्री भुसाल
विगतका निर्वाचनमा व्यक्त प्रतिबद्धताहरू अधिकांश पुरा गरेकाे भन्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल घरदैलोमा पुग्दा मतदाताले शुभेच्छा प्रकट गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू अहिले घरदैलोमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त हुनुहुन्छ ।
भेदभावका मुद्दा प्राथमिकतामा परेनन्
प्रमुख राजनीतिक दलले जातीय भेदभाव तथा छुवाछूतलाई घोषणापत्रमा खासै प्राथमिकता दिएका छैनन्। कुल जनसङ्ख्याको करिब १४ प्रतिशत जनसङ्ख्या अहिले पनि जातीय भेदभाव तथा छुवाछूतको सिकार बन्ने गरेका छन्। राजनीतिक दलका घोषणा पत्र हेर्दा परम्परागत दृष्टिकोणबाट माथि उठेको देखिँदैन।
राष्ट्रपतिले अवार्ड पाउनुहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो ।