• १९ असोज २०८१, शनिबार

२४ घण्टामा २८ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, कात्तिक २० गते । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८७९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो ।

एक हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा २६ र ६६० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य रहेको छ भने २६ हजार ५३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ ।