फाइजरको खोप म्याद गुज्रिएको तीन महिनासम्म लगाउन मिल्ने
सरकारले कोरोनाविरुद्धका खोप खेर जाने परिमाण बढ्न थालेपछि म्याद गुज्रिएका खोप पनि तीन महिनासम्म लगाउन मिल्ने जनाएको छ।
एक/दुई दिनमा अस्थायी मतदाताको नामावली प्रकाशन हुन्छ : सहायक प्रवक्ता
अस्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जनाको नाम आयोगमा सूचिकृत भएको छ ।
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार चुनावी मैदानमा
निर्वाचन आयोगले सिन्धुपाल्चोक जिल्लाको दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ ।
आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
जथाभाबी प्लेटलेट्स चढाउँदा समस्या हुन्छ
देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।
पर्यटक आकर्षित गर्न फोटो प्रदर्शनी महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ
थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान
पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् ।
निर्वाचन स्वतन्त्र रुपमा सम्पन्न हुने उपराष्ट्रपति पुनको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौं–१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले)का किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गठबन्धनको एकता निर्वाचन परिणामले देखाउँछ : प्रदीप पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस र गठबन्धनको एकता आगामी निर्वाचन परिणाले देखाउने बताउनुभएको छ ।
वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने प्रतिबद्धता
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षे नं. २ (क) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै बीरेन्द्रनगर सहरलाई आधुनिक र सुरक्षित सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस सम्पन्न
भोटेकोशी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ सम्पन्न भएको छ । जिल्ला र जिल्ला बाहिरको २४१ जना धावकले सो रेसमा सहभागी भएका थिए । २४ दशमलव ५ किलोमिटरको टे«ल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो ।
चिच्याएर वर माग्ने मेला सुरु
पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो ।
निटफेस्ट– २०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
राष्ट्रपतिद्वारा भगवान बुद्धको प्रस्तर मूर्ति अनावरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु. आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ ।
भारतद्वारा सवारीसाधन सहयोग
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार सवारीसाधन हस्तान्तरण गर्नुभयो ।
‘स्थिरता र समृद्धिका लागि गठबन्धन’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताउनुभएको छ।
मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाउन सुझाव
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सङ्घ र प्रदेशमा मन्त्रीको सङ्ख्या घटाउन सुझाव दिएको छ। मन्त्रालय र मन्त्रीको सङ्ख्या बढी हुँदा प्रशासनिक खर्चमा समेत वृद्धि भएको भन्दै समितिले घटाउन सुझाव दिएको हो।
राष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले बिहीबार भेटवार्ता गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।