बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो ।
डोटीमा शिक्षक मृत अवस्थामा फेला
डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउका २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ स्थानीय सातफरी आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ ।
कपिलवस्तुको वन क्षेत्रबाट बालुवा तस्करी
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका नदी किनारको वन क्षेत्र उत्खनन गरेर बालुवा तस्करी भएको छ । नगरपालिकाको वडा ६ रुधौलाघाट नाकासँग जोडिएको वन क्षेत्रबाट बालुवा तस्करी भएको हो । नदीको सतहमा बालुवा पाउन छाडेपछि वन क्षेत्र आसपासबाट बालुवा निकाल्न थालिएको छ ।
अत्यधिक गर्मी र ‘लु’का कारण बाँकेको जनजीवन अस्तव्यस्त
बाँकेमा तातो हावा ‘लु’ चल्ने क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी सुरु भएसँगै बाँकेमा तापक्रम बढेर ४४ डिग्री पुगेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।
लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
सवारी दुर्घटनामा महिला घाइते
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोर्खाको गाम्चा घर भई हाल चन्दागिरी चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीय महिला घाइते हुनुभएको हो ।
११ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बहुसङ्ख्यक उपत्यकावासी नगरजन्य फोहाेरको अन्तिम विसर्जनस्थल बारे अनभिज्ञ
सरसफाइ व्यवस्थापन गर्न नसक्दा जताततै फोहाेरले दुर्गन्धित हुँदै गएको काठमाडौं उपत्यकाका बहुसंख्यक मानिसहरुलाई यहाँ उत्पादन हुने फोहोर कहाँ व्यवस्थापन गरिन्छ भन्ने बारेमा जानकारी नभएको पाइएको छ ।
तीन समिति सभापतिविहीन
राष्ट्रिय सभाअन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापतिविहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गतेदेखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि त्यतिबेला कार्यकाल समाप्त हुँदा समिति सभापतिविहीन भएका हुन् ।
विद्युतीय मतदानको प्रतिवेदन दिन निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्नेबारे गरिएको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो तयार पार्न निर्देशन दिनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुधबार बुझ्नुहुँदै उहाँले प्रतिष्ठानका पदाधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनलाई बढी मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन भोटिङ मेसिन कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषय ज्यादै महìवपूर्ण भएकाले प्रतिष्ठानले यो कामलाई गम्भीरतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
कर्मचारी दरबन्दी कटौती गरिने
सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।
जाजरकोट जिससमा सत्ता गठबन्धन विजयी
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएको छ । सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह विजयी हुनु भएको छ ।
प्रदेश १ सरकारको कृषि र औद्योगिक उत्पादनमा जोड
शशिधर पराजुली विराटनगर, जेठ २५ गते । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकता राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गरी दीगो कृषि विकासको आधार तयार पार्न माटो परीक्षण र सुधार, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसान परिचयपत्र वितरण गर्ने, प्राङ्गारिक मल उत्पादन र प्रयोग बढाउने, समन्वयका आधारमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने जस्ता कार्यक्रमहरु अगाडि सार्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धीत सेवालाई अनलाइनमार्फत् गर्ने घोषणा पनि गरेको छ । ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन गर्ने, अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीका औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी क्लिङ्कर उत्पादनमा जोड दिने र घरेलु मदिरा ब्राण्डिङ गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै, प्रदेशले भूउपयोग नीति ल्याएर कार्यान्वयन गर्ने, सहकारी शिक्षा नेतृत्व विकास, व्यवसायिक योजना र उद्यमशीलता विकासका तालिम सञ्चालन गर्ने तथा टोलटोलमा सहकारी घरघरमा रोजगारी अभियान चलाउने पनि कार्यक्रममा उल्लेख छ । यस्तै, सहकारीमार्फत सामूहिक खेती सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको लक्ष्य छ ।पर्यटनको क्षेत्रमा पनि सरकारले सानादेखि ठूला कार्यक्रम घोषणा गर्ने जनाएको छ । पर्यटनलाई प्रवद्र्धनका लागि भ्रमण प्याकेज योजना कार्यान्वयनमा ल्याइने, पर्यापर्यटनमा आधारित पर्यटन क्षेत्रको विकास गर्ने, पदमार्गमा आधारित पर्यटन विकास आयोजनालाई प्राथमिकता दिने, मुन्धुम पर्यटन पदमार्ग निर्माणलाई पूर्णता दिने, किराँत संस्कृतिसँग जोडिएको सप्तकोशीको खुवालुङको संरक्षण गर्ने, विराटनगर विमानस्थलको विकास र स्तरोन्नति गर्ने, विराटनगरबाट माउन्टेन उडान तथा अन्तर प्रदेश उडान गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममार्फत् घोषणा गरिएको छ । यस्तै, सरकारले प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरेको छ । प्रदेशभित्रका ठूला नदीमा जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, पर्यटकीय क्षेत्रमा जानका लागि केबुलकारका लागि प्रारम्भिक अध्ययन गर्ने, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरलाई राजधानी विराटनगरसँग छिटो जोड्न छोटो दुरीका लागि चतरा–घुर्मि सडक निर्माणका लागि संघीय सरकारसँगको सहयोगमा अगाडि बढाउने उल्लेख गरेको छ ।प्रदेशको स्थायी केन्द्रीय संरचना तयार पार्नका लागि विस्तृत प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाउने, स्मार्ट सिटी तथा नमूना गाउँको पूर्वाधार निर्माणको लागि अगाडि बढाइने, विराटनगरको केशलिया र सिंघिया खोलामा तटबन्ध निर्माण गरी सौन्दर्यीकरण गर्ने आदि कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि सार्ने जनाएको छ । आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पु¥याउने, एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने, मिडिया काउन्सिल गठन गरी सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । े
झोलुङ्गे पुल बनेपछि तुइन विस्थापन, स्थानीयहरु खुशी
महाकाली नदीमा दुईवटा पुल सञ्चालनमा आएसँगै जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । व्यास गाउँपालिका –५ का लालबहादुर बमले भन्नुभयो, “बर्षौसम्म महाकाली नदीमाथि तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भयौं, अहिले पुलबाट नदी तर्न पाउँदा निकै सहज भएको छ ।”
संघीयता कार्यान्वयनमा जसपा अध्यक्ष यादवका जोड
नागेन्द्रकुमार कण महोत्तरी, जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको जनमत विभाजन हुन नदिन आफू अगाडि बढ्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नवनिर्वाचित पदाधिकारीहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्नुहँदै उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)लाई मधेशको जनमत विभाजन हुन नदिनको लागि स्पष्ट हुन आग्रह गर्नुभयो ।उहाँले मधेश र मधेशीको लागि छाती चौडा गरेर आउन आग्रह गर्नुहुँदै आगामी निर्वाचनमा एकजुट भयौं भने मधेशको जनमतको सम्मान समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुले के दिन्छ, दिँदैन तथा यसले मधेशलाई के फाइदा वा बेफाइदा हुन्छ, स्पष्ट भएर आउन म लोसपा पार्टीलाई आग्रह गर्न चाहन्छु ।’विगतमा मधेशको जनसंख्या ४६ प्रतिशत रहे पनि अहिले ५३ प्रतिशत जनसंख्या भएकाले सोही अनुपातमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने बताउनुभयो । नागरिकता अभावमा लाखौं जनता मताधिकारबाट बञ्चित हुनुपरेको जानकारी दिनुहुँदै उहाँले सदनबाट नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गरिन् कुरामा जोड दिनुभयो । उहाँले संघीयतालाई फेल गराउन प्रतिगमनकारी शक्तिहरु लागिपरेको बताउनुहुँदै उहाँले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।
तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ ।
प्रधान सेनापति शर्मा र जापानी राजदूतबीच भेट
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापतिको कार्यालय जङ्गी अड्डामा बुधबार भेट भएको हो ।
ओझेलमा पर्दै पुराना ग्रामीण बस्ती
कुनै समय जिल्लाको प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजारक्षेत्र हिजोआज ओझेलमा पर्दैगएका छन् ।
जलवायु परिवर्तनको असर : खेर जाँदै जङ्गली फलफूल
यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् ।
सञ्चार सम्पर्कमा जोडियो तिङ्कर
व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।
बाँकेमा तीन हजार मेट्रिक टन मल माग
जिल्लामा धान खेतीका लागि मात्रै १२ सय मेट्रिक टन डीएपी, तीन हजार मेट्रिक टन युरिया र ५० मेट्रिक टन पोटास मल माग भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल १६५ मेट्रिक टन डीएपी मात्रै मौज्दात रहेको छ ।
पाँच महिनादेखि बन्द रहेको त्रिवि सुचारु गर्न अनेरास्ववियुको माग
नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ ।
सवारी दुर्घटनामा कमी
धनुषाको ढल्केवर–जनकपुर–जटही मार्गमा सुरक्षित सडक बनेपछि सवारी दुर्घटनामा कमी आएको छ ।