• २० वैशाख २०८१, बिहिबार

प्रदेशसभातर्फ ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै छैनन्

blog

काठमाडौं, कात्तिक १५ गते । प्रदेशसभा सदस्यका लागि ३३० निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेश सभातर्फ प्रदेश १ मा ५६, मधेशमा ६४, बागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ निर्वाचन क्षेत्र गरी कुल ३३० निर्वाचन क्षेत्र छन् । कुल ३३० निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा एक जना पनि महिला उम्मेदवार नरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र १, हुम्ला निर्वाचन क्षेत्र १, मुस्ताङ निर्वाचन क्षेत्र १, डोल्पा निर्वाचन क्षेत्र नम्बर १, मुगु निर्वाचन क्षेत्र १, दैलेखि निर्वाचन क्षेत्र २, बाजुरा निर्वाचन क्षेत्र १, अछाम निर्वाचन क्षेत्र १ र २, बागलुङ निर्वाचन क्षेत्र १, रुकुम पूर्व निर्वाचन क्षेत्र १, जाजरकोट निर्वाचन क्षेत्र १, रुकुम पश्चिम निर्वाचन क्षेत्र १, धनकुटा निर्वाचन क्षेत्र १, सल्यान निर्वाचन क्षेत्र १ र कालिकोट निर्वाचन क्षेत्र १ मा महिला उम्मेदवार छैनन् ।

त्यस्तै, बझाङ निर्वाचन क्षेत्र १, खोटाङ निर्वाचन क्षेत्र १, बर्दिया निर्वाचन क्षेत्र १ र २, सुर्खेत निर्वाचन क्षेत्र १, डडेलधुरा निर्वाचन क्षेत्र १, बाँके निर्वाचन क्षेत्र ३, कैलाली निर्वाचन क्षेत्र २ र ४ दार्चुला निर्वाचन क्षेत्र १, पर्सा निर्वाचन क्षेत्र २, ३ र ४, मकवानपुर निर्वाचन क्षेत्र २, पाल्पा निर्वाचन क्षेत्र १,  कञ्चनपुर निर्वाचन क्षेत्र २, ताप्लेजुङ निर्वाचन क्षेत्र १ र इलाम निर्वाचन क्षेत्र १ मा महिला उम्मेदवार छैनन् ।

यसैगरी, लमजुङ निर्वाचन क्षेत्र १, बैतडी निर्वाचन क्षेत्र १, सङ्खुवासभा निर्वाचन क्षेत्र १, भोजपुर निर्वाचन क्षेत्र १, गोरखा निर्वाचन क्षेत्र २, नवलपरासी पूर्व निर्वाचन क्षेत्र २, रौतहट निर्वाचन क्षेत्र २ र ३,  रुपन्देही निर्वाचन क्षेत्र ४, महोत्तरी निर्वाचन क्षेत्र २ र ४,  धादिङ निर्वाचन क्षेत्र १, पाँचथर निर्वाचन क्षेत्र १, मोरङ निर्वाचन क्षेत्र ४ र ६, धनुषा निर्वाचन क्षेत्र १, २ र ४ काभ्रेपलान्चोक निर्वाचन क्षेत्र २ र बारा निर्वाचन क्षेत्र १, २ र ४ मा महिला उम्मेदवार नरहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार झापा निर्वाचन क्षेत्र ३, सप्तरी निर्वाचन क्षेत्र ३, दोलखा निर्वाचन क्षेत्र १ र सुनसरी निर्वाचन क्षेत्र ४ मा महिलाको उम्मेदवारी परेको छैन । अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र छन् । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगले जनाएको छ । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।

त्यस्तै, बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना मतदाता छन् ।