• १५ कात्तिक २०८२, शनिबार

तास खेलिरहेका नौ जना पक्राउ

blog

फाइल तस्बिर

बिष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १४ गते । झापाको बर्तिामोडमा तास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा ४ पश्चिम स्टेन्ड नजिकको एक घरबाट उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

शुक्रबार विहानको राति इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदशी –४ का २९ वर्षीय राजकुमार साहको डेरागरी बसेको कोठाबाट  बिर्तामोड –२ का ३८ वर्षीय रतन राजवंशी, २६ वर्षीय किशोर पराजुली, ४३ वर्षीय उत्तम शिवाकोटी, ४३ वर्षीय राजन थापा, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत, सोही ठाउँका ४० वर्षीय दिवाकर प्रसाईलाई पक्राउ गरेको हो । 

यसैगरी पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी–४ का २९ वर्षीय राजकुमार साह र मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुली रहेका छन् । उनीहरूको साथबाट नगद ७५ हजार ६ सयसहित ७ बुङ नखोलेको र १ बुङ खोलेको तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।