• १२ साउन २०८१, शनिबार

नेकपा (एमाले) को निर्वाचन घोषणापत्र

२० ग्यारेन्टीको सुनिश्चित भुक्तानी : अध्यक्ष ओली

blog

तस्बिर : केशव गुरुङ

काठमाडौं, कात्तिक १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार पार्टी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा लाइभ डिबेटमा अध्यक्ष ओलीले सो प्रतिबद्धता जनाउनुभएको हो ।

‘मङ्सिर ४, एमाले सरकार’ मुख्य नाराकासाथ प्रतिबद्धता जनाउनुहुँदै अध्यक्ष ओलीले ग्यारेन्टीपत्र कसैलाई झुकाउने र छक्काउने विषय नभएको बताउनुभयो । मङ्सिर ४ पछि एमाले नेतृत्वको सरकार बनेमा पाँच वर्षमा अहिले गरिएका सबै ग्यारेन्टीको भुक्तानी दिने उहाँको भनाइ छ । 

अहिलेकोजस्तो परम्परागत शैलीले देशको विकास सम्भव छैन, नीतिगत सुधार, प्रशासनिक सुधार गरेर युद्धस्तरमा काम गरेमा मात्र देशले आर्थिक, प्रशासनिक र नीतिगतरुपमा कोल्टे फेर्छ, त्यसका लागि एमाले नेतृत्वको सरकार सक्षम हुन्छ ।

पाँच वर्षमा देशलाई भ्रष्टाचारमुक्त देश बनाउने प्रतिबद्धता जनाउनुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “नेतृत्वमा प्रतिबद्धता भयो भने भ्रष्टाचार अन्त्य सम्भव छ, वचनले होइन व्यवहारमा देखाउँछौँ ।” पाँच वर्षभित्र पूर्वाधार विकासको आधारभूत संरचना तयार गरिसक्ने अध्यक्ष ओलीको भनाइ छ । 

दुई वर्षभित्र मुलुकलाई साक्षर बनाएर मुलुकमा प्रविधिको विकास गरी आत्मनिर्भर नेपाल निर्माण गर्नमा एमाले सक्षम रहेको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “अहिलेकोजस्तो परम्परागत शैलीले देशको विकास सम्भव छैन, नीतिगत सुधार, प्रशासनिक सुधार गरेर युद्धस्तरमा काम गरेमा मात्र देशले आर्थिक, प्रशासनिक र नीतिगतरुपमा कोल्टे फेर्छ, त्यसका लागि एमाले नेतृत्वको सरकार सक्षम हुन्छ ।”


यसअघि करिब दुई तिहाइ सरकारको नेतृत्व गर्दा पनि काम हुन नसकेको भन्ने जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “२०७४ को निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ ८० सिट जितेको थियो, समानुपातिक तर्फ ४१ गरी १२१ सिट थियो, सरकार बनाउन कम्तीमा १३८ सिट चाहिन्छ । अरू पार्टीलाई ल्याएर जोरजाम गरी बहुमत बनाइएकाले सोचेकोजस्तो काम गर्ने वातावरण बनेन ।” मङ्सिर ४ को निर्वाचनबाट एमाले एक्लैलाई बहुमत प्राप्त भएमा पाँच वर्षमा मुलुकलाई आर्थिक समृद्धिको पथमा लग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । त्यो क्षमता र काम गर्ने शैली आफूसँग भएको उहाँले प्रष्ट पार्नुभयो ।

२०७४ को निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ ८० सिट जितेको थियो, समानुपातिक तर्फ ४१ गरी १२१ सिट थियो, सरकार बनाउन कम्तीमा १३८ सिट चाहिन्छ । अरु पार्टीलाई ल्याएर जोरजाम गरी बहुमत बनाइएकाले सोचेकोजस्तो काम गर्ने वातावरण बनेन ।

यसअघि २०७४ को निर्वाचनपछि बनेको एमाले नेतृत्वको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन विकासको अभियान सुरु गरेको र त्यसलाई पूर्णता दिन अव फेरि ५ वर्षे एमाले नेतृत्वको सरकारको अपरिहार्यता रहेको अध्यक्ष ओलीको भनाइ छ । ४१ महिना सरकारमा रहँदा आफूले आर्थिक समृद्धिको जग राख्ने काम गरेको दाबी उहाँले गर्नुभयो ।


देशमा उद्यमशीलताको विकास गरेर रोजगारी बढाउने र वार्षिक पाँच लाखलाई रोजगारी प्रदान गर्ने नीति एमालेले लिने उहाँले बताउनुभयो । युवा जनशक्तिलाई विदेशमा होइन, स्वदेशमै परिश्रम गर्ने वातावरण बनाउने अध्यक्ष ओलीको प्रतिबद्धता छ । पूर्वाधारको विकास विना, ठूला आयोजनाको विकास विना र उद्योगको विकास विना रोजगारी सिर्जना नहुने हुनाले त्यसको विकासमा ध्यान दिने उहाँको भनाइ छ ।

नेपालीलाई सक्षम बनाइ विश्व प्रतिस्पर्धामा खरो उतार्ने गरी जनशक्ति निर्माण आवश्यक रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमत आएमा बन्ने पाँच वर्षे सरकारले देशलाई अल्पविकसित देशबाट विकासशील देशमा उभ्याउने प्रतिबद्धता जनाउनुभयो । अहिले राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको, भ्रष्टाचारमा मुलुक व्याप्त भएका कारणले देशले आर्थिक रूपमा फड्को मार्न नसकेको उहाँको भनाइ छ ।

देशको नेतृत्व गर्नेले देश र जनताको पक्षमा काम गर्नुपर्छ, आफन्त परिवार र आफ्नो निकटको पक्षमा होइन अध्यक्ष ओलीले थप्नुभयो, “युवालाई पैतृक सम्पत्तिमा रमाउने होइन, आफ्नो खुट्टामा आफै उभिने र देशको पक्षमा काम गर्नेगरी सक्षम बनाउनु पर्छ ।” बाबुआमाले मात्र नदीमा पौडी खेल्न जानेर सन्तानको रक्षा नहुने भन्दै उहाँले सन्तानलाई र जनतालाई पौडी खेल्न सक्ने सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो । त्यो काम एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने उहाँले दाबी गर्नुभयो ।

राज्य भनेको जनताको सेवक भएकाले जनताको हित नै केन्द्रमा राखेर आफूले काम गरिरहेको उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष ओलीले नेपालको गुमेका भूभाग नयाँ नक्सा जारी गरेर समेटिएकाले त्यसको फिर्ताका लागि एमाले नेतृत्वको सरकार अनिवार्य रहेको बताउनुभयो । संसदबाट सर्वसम्मत रूपले पारित भएर बनाएको नयाँ नक्सामा समेटिएको भूभाग नै आजको नेपाल भएको उहाँले प्रष्ट पार्नुभयो । 

नेपालीलाई सक्षम बनाइ विश्व प्रतिस्पर्धामा खरो उतार्नेगरी जनशक्ति निर्माण आवश्यक रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमत आएमा बन्ने पाँच वर्षे सरकारले देशलाई अल्पविकसित देशबाट विकासशील देशमा उभ्याउने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष ओलीसँग बैंकर अनिल केशरी शाहले आर्थिक डिबेटमा सहजीकरण गर्नुभएको थियो । एमालेले आगामी मङ्सिर ४ गतेका लागि जारी गरेको निर्वाचन घोषणापत्र र २० ग्यारेन्टी विषयको कार्यान्वयनका विषयमा अध्यक्ष ओलीलाई जिज्ञासा गर्नुभएको थियो । 

सोहीअनुसार कार्यक्रममा सहभागीले पनि अध्यक्ष ओलीलाई चुनावी घोषणापत्रको कार्यान्वयन र पाँच वर्षमा गर्ने भनिएको प्रतिबद्धताको विषयमा जिज्ञासा गर्नुभएको थियो । जिज्ञासामा अध्यक्ष ओलीले सबै प्रतिबद्धता कार्यान्वयनमा आउने तर एमालेको एकल बहुमतको सरकार अपरिहार्य हुने जवाफ दिनुभयो । 


२० ग्यारेन्टी

एमालेले जारी गरेको २० ग्यारेन्टीमा समृद्ध अधिवेशन, नागरिकता नेपालीलाई मात्र, हङ्गर नो लङ्गर, उत्पादन स्वदेशी बजार विदेशी, सुरक्षित छाता सबैको चाहना, कमाइ युवाको रोजाइ, पढाइ भविष्यको जग बसाइ, प्रेसर सुगर भइन्न बिरामी औषधि बेगर, फ्री मिटर दश हजार लिटर, फ्री युनिट ५० युनिट, खेतबारीमा पानी खाडीमा हैन स्वदेशमा जवानी, दिनदिनै सडक विस्तार विकासका पूर्वाधारको आधार, भूमिगत तार सहर बजार, नो लाइन सेवा अनलाइन, पाँच लाख रोजगार न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाता सबैको बैङ्क खाता, स्वस्थ महिनावारी १५ सय वर्षभरी, फाइभ जी सञ्चार आइटीमा चमत्कार, हामी सामाजिक सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्ब रहेको छ । 


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।