नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
शैलुङ अर्थात् टाकुराको पर्यायवाची शब्दले दोलखा जिल्लाको पहिचान दिन्छ । ऐतिहासिक, प्राकृतिक तथा धार्मिक रुपले रमणीय शैलुङ नेपालको पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट गन्तव्यमध्ये एक हो । यहाँको पूर्वाधार निर्माणलाई महत्व दिनसके नेपाली ग्रेटवाल चढ्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिन्छ ।
बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ ।
सेतो टीका कहिलेदेखि कसले लगाउन सुरु गरेको हो यस बारेमा अध्ययन भएको छैन । प्रायः आदिवासी जनजातिको चाडपर्वमा सेतो टीका लगाइन्छ । आदिवासीले शुद्धिको प्रतीकका रूपमा सेतो टीका लगाउँछन् । अधिकांश आदिवासी जनजातिले लगाउने सेतो टीकालाई थारूहरूले दसैँ, तिहार तथा अन्य बेला देवीदेवतालाई लगाइदिने गर्छन् । पौराणिककालदेखि थारूले सेतो टीका लगाउने गरेका छन् । अचेल देखासिखीमा रातो टीका लगाउ
प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुसँग आज घरमै पुगेर भेटघाट तथा सान्त्वना दिनुभएको छ । मृतक परिवारका सदस्यको घरमै गएर उहाँहरुसँग भेट गर्नुभएको हो ।
जेनजी ‘आन्दोलन’ हो कि ‘क्रान्ति’ विश्लेषण आआफ्नै हुन सक्ला । २०८२ भदौ २३ र २४ गते भएको २४ घन्टे आन्दोलनले नेपाली राजनीतिमा उलटफेर ग-यो । यसर्थ यो क्रान्ति हो भन्ने दाबी जेनजीको छ । मूलतः क्रान्तिले
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र साङ्घाइ सहयोग संगठन (एससिओ) कार्यक्रममा खेल्नु भएको भूमिका नेपाल र नेपालीका लागि कोशेढुंगा (माइलस्टोन) भएको परराष्ट्रविदहरुको विश्लेषण छ ।
विसं १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक प्रकाशनबाट सुरु भएको गोरखापत्र नेपाली पत्रकारिताको एक मात्र जीवित इतिहास हो (देवकोटा, २०५१, पृष्ठ २९) । जुन पत्रिका १२४ वर्षमा चलिरहेको छ । निरन्तर चल्ने नेपालको एक मात्र ऐतिहासिक अखबार यही हो ।
सर्लाही जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी सरस्वती सुब्बाले राजनीतिक स्थायित्व कायम भएपछि मुलुकको विकासले गति लिइरहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी उपमहासचिव तथा संसदीय दलको प्रमुख सचेतक रेखा यादवले सफल रूपमा घर चलाएका महिलामा देश चलाउने आँट पनि रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो संवाद ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
दैलेख क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा गठन गर्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा संवाद गर्दै उहाँले सो कुरा बताउनुभयो ।
हर्दहवा अथवा हर्दहुवा भनेको रोपाइँ सकेर मनाइने एक किसिमको उत्सव हो ।
इजिप्टको तेस्रो राष्ट्रपति अनवर सादतले भन्नुभएको छ, “आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो ।” यो भनाइ निकै वजनदार छ । समकालीन विश्व राजनीतिक नेताहरूको जीवनमा यो लागु गर्नलायक छ । हरेक व्यक्तिको दैनन्दिन जीवनमा पनि यो का
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै सुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, वाजुङ फलाल्नेबासीहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । प्राकृतिक रुपले एकदम रमणीय स्थानमा रहेको फलाल्ने गाउँबासीको ध्यान अहिले कृषिमा आत्मनिर्भर बन्नेमै छ ।