पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरुको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनरताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोडको बजेट अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकबाट मंगलबार गर्नुभयो । सो बजेटमा शिक्षातर्फ सबैभन्दा बढी २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले जनताको पहुँच राज्यको संरचनासम्म पुगाएर मौलिक हक सुनिश्चित गरेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले कतारी नागरिकको छनोटअनुसार खानपिनको व्यवस्था मिलाउन सके नेपालमा कतारी पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कतारी राजा अमिर शेख विन हमाद अल थानीको हालै सम्पन्न नेपाल भ्रमणको विषयमा केन्द्रित भएर कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ ।
२०७९ मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा फरक कित्ताबाट चुनावमा होमिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सरकार बनाउने बेला विभिन्न परिस्थितिले एकै कित्तामा उभिन पुगे । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस (८९ सिट) ले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछाडेपछि कांग्रेससँगै गठबन्धन गरेर चुनाव लडेको माओवादीले सरकार बनाउन दोस्रो ठुलो दल एमाले (७८ सिट) सँग गठबन्धन गर्नु परेको थियो । निर्वाचनमा होमिँदा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धन थियो । निर्वाचनपछि मिलेरै सरकार बनाउने वाचा उनीहरूले जनतामाझ गरेका थिए तर निर्वाचन परिणामपछि परिस्थिति त्यस्तो हुन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।
मुलुकको समृद्धि जनताको पूर्ण सहयोगमा सम्भव छ । र, त्यो तब सार्थक हुन्छ जब जनताले प्रत्यक्ष तथा परोक्ष रूपमा दल, नेता र कार्यकर्तासँगै हातेमालो गर्न लामबद्ध हुन्छन् । जनताहरू दलसँग हातेमालो तब गर्छन् जब दलले जनताको पूर्ण विश्वास जित्न सफल हुन्छन् ।
प्रतिनिधि सभामा प्रमुख दल नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा खटपट भएपछि पुनः नयाँ गठबन्धनको जन्म भएको छ । प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँध थापेपछि पुरानै गठबन्धन ब्युँतिएको हो ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौँले हालै ‘शताब्दी व्यक्तित्व’ नामक जर्नल प्रकाशन गरेको छ । जहाँ देशभरबाट सङ्कलित ६१ जना शताब्दी व्यक्तित्वको छोटो बायोग्राफी समेटिएको छ । गत असोजमा प्रकाशित सो जर्नलमा सय वर्ष बढी बाँच्नेहरूको जीवन भोगाइ तथा बाँच्नुको अनुभव समेटिएको छ । जुन अनुभव अहिलेका युवा पुस्ताका लागि जीवन जिउने शिक्षा र आधार बन्न सक्ने विश्वास गरिएको छ । पहिलो कुरा सय वर्ष बाँच्नु जीवनको ठुलो
नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताउनुभएको छ ।
शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान् बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलसित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ ।
थारू भाषा तथा साहित्य सुधार समितिलाई प्रकाशक बनाएर थारू भाषाको पहिलो पत्रिका उहाँहरुले जन्माउनुभयो । त्यो पत्रिका थियो ‘गोचाली’ । २०२८ सालमा पहिलो अंक प्रकाशन भएको यही पत्रिका नै थारूभाषाको प्रथम पत्रिका थियो । त्यतिबेला महेश २१ वर्षको हुनुहुन्थ्यो ।