• १२ असोज २०८१, शनिबार

‘उपत्यकाको जमिनले ठुला संरचना थेग्न सक्दैन’

blog

काठमाडौँ, असोज १२ गते । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भूगर्भविदहरुका अनुसार ठुला संरचना उपत्यकाको जमिनले थेग्न नसक्ने भएकाले सङ्घीय राजधानी दाङमा सार्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँ उपत्यकाको जमिन भासिन सक्ने भूगर्भविदहरुको सुझाव रहेको उहाँको भनाइ छ । सङ्घीय संरचनाका कारण पनि केन्द्रीय राजधानी काठमाडौँमा उपयुक्त नभएको उहाँले तर्क गर्नुभयो । अरू देशको राजधानी पनि सरेको प्रशस्त उदाहरण भएकाले नेपालको राजधानी पनि सार्न उपयुक्त हुने सुझाव राख्नुभयो । 

सांसद सुवालले समयमा आवश्यक कानुन निर्माण नहुनु र भएका कानुन पनि कार्यान्वयनमा आउन नसक्दा सङ्घीय संरचना बलियो नभएको बताउनुभयो । संसदबाट आवश्यक सबै ऐन समयमा बनाएर सरकारले जनता र देशको पक्षमा काम गरोस् भनेर दबाब दिन नेमकिपा सरकारमा नगएको उहाँको भनाइ छ । सरकारमा रहेर दबाब दिन गाह्रो हुने भएर प्रतिपक्षमा रहेरै आफ्नो दलले नियमित दबाब सिर्जना गर्दैआएको उहाँले बताउनुभयो । 

सांसद सुवालले समयमा आवश्यक कानुन निर्माण नहुनु र भएका कानुन पनि कार्यान्वयनमा आउन नसक्दा सङ्घीय संरचना बलियो नभएको बताउनुभयो ।

नेपाल कहिल्यै कुनै देशको उपनिवेश नबने पनि देशको समुचित विकास नभएको भन्दै सांसद सुवालले भन्नुभयो, “उपनिवेश नबने पनि अरूबाट परिचालित भयो, अरूको कुरा बढी सुन्ने काम भयो, त्यसैले देशको विकास भएन । देशमा भएका ठुला आन्दोलन र परिवर्तन भारतको समर्थनमै भए । त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर देशमा पर्दैआएको छ ।”

लोकतन्त्रमा जनताको आवाज सुनेर काम गर्न आवश्यक रहेको बताउँदै सांसद सुवालले आफूहरू जनताको प्रतिनिधित्व गरेर संसद् बैठकमा आवाज उठाए पनि सुनुवाइ नहुनेगरेको टिप्पणी गर्नुभयो । स्थानीय सरकारलाई बलियो र प्रभावकारी बनाएर सङ्घीयता सबल हुने उहाँको भनाइ छ । 

प्रस्तुत छ गोरखापत्र अनलाइनका लागि उपसम्पादक लक्की चौधरीले सांसद प्रेम सवालसँग प्रतिनिधिसभा बैठकको गतिविधि तथा राजनीतिक गतिविधिमा केन्द्रित गरी गर्नुभएको ‘सांसदलाई सवाल’ कुराकानीः

 

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।