सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’
‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी
काठमाडौंबाट रुकुम जाँदै गरेको बस धादिङमा दुर्घटना : २० यात्रु घाइते
धादिङ, कात्तिक १९ गते। काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस शनिबार साँझ धादिङको जोगीमारामा दुर्घटना भएको छ। पृथ्वी राजमार्गअन्तर्गत सडकबाट पल्टिएर त्रिशूली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रुमध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो।घाइते यात्रुको स्थानीयवासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन्। घाइतेको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे जानकारी लिन काम भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। रासस
सुदूरपश्चिममा बडाल जाँतको रौनक
सुदूरपश्चिमका पहाडी जिल्लामा आजभोलि धार्मिक शक्तिपिठको पूजाआजा गरिने जाँत मेलाको रौनक छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले यहाँका गाउँघरमा रौनक छाएको हो ।
निर्वाचनमा तीन दिन सीमा बन्द हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समयमा मङ्सिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत बीचको सीमा नाका बन्द गरिने भएको छ ।
निर्वाचनपछि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।
दुई करोड बजेटमा निर्माण गरिएको कभर्ड हल अलपत्र
सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्डहल बजेट अभावमा बीचैमा अलपत्र परेको हो ।
जसपाको आर्थिक एजेण्डा : प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्याउने
कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पुँजीको रुपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय पाँच हजार डलर पर्याउने जसपाको लक्ष्य छ ।
सप्तरीमा उम्मेदवारहरू घरदैलाेमा व्यस्त
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । सप्तरीको चार वटै निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नेता नेपाल र गुप्ताबीच चुनावमा पुनः प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।
ओखलढुङ्गामा नमुना मतदान
ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।
जसपाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख गरिएको छ ।
ठेक्का तोड्ने विषयमा सडक विभाग पछि हट्यो
नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने विषयमा सडक विभाग पछाडि हटेको छ । गत असोज ९ गते सूचना निकालेर काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको विभागले अहिले भने काम गर्नका लागि केही समय थप गरेको छ ।
रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
आफ्नै पनमा रमाइरहेको काँठ क्षेत्र (फोटो फिचर)
काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ ।
के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास
भारतको ‘आइटी सिटी’ मानिएको बैङ्गलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ । सहरका नागरिकले प्राप्त गर्ने आधारभूत सुविधाको प्राप्तिलाई डिजिटल फर्ममा लगिँदैछ ।
भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गर्नुभएको हो। यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।
डडेल्धुरामा देउवा ‘साझा उम्मेदवार’
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेल्धुराको विशेष चासो छ । प्रधानमन्त्री देउवा बिहीबार गृह जिल्ला आउनुभएको छ । उहाँले शुक्रबार साँझसम्ममा तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । साथै जिल्लावासीस्थित राजनीतिक दलका नेता–कार्यकर्तासँग भेट गरी विकास निर्माण, जिल्लाका समस्या र अबको कार्यभारका सन्दर्भमा पनि छलफल गर्नुभयो ।
निर्वाचनका कारण पालिकामा विकास ठप्प
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन्। स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो।
अन्तरिम आदेशविरुद्ध आयोग सर्वोच्चमा
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी निर्णय कार्यान्वयन रोक्ने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्चको एकल इजलासले कात्तिक १५ गते जारी गरेको अन्तरिम आदेश अदालतले यसअघि कायम गरेको सिद्धान्तविपरीत भएको भन्दै आयोग सर्वोच्च पुगेको हो । उक्त निवेदन अब संयुक्त इजलासमा पेस हुनेछ ।
चुनावी मुद्दामै सीमित हर्दौना पुल
कपिलवस्तुको बाणगङ्गा नदीअन्तर्गत महाराजगञ्ज नगरपालिका–१० को हर्दौनामा पुल बनाउने विषय वर्षौंदेखि चुनावी एजेन्डामै सीमित हुँदैआएको छ । हरेक पटक चुनावमा उम्मेदवारहरूले हर्दाैना र यशोधरा गाउँपालिका–८ स्थित इटवा सुल्तनवापुर जोड्ने पुल बनाउने अश्वासन दिँदै आएका छन् तर अहिलेसम्म त्यहाँ पुल बन्न सकेको छैन ।
बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
ऊर्जा, कृषि क्षेत्रको विकास गर्ने उन्मुक्ति पार्टीको प्रतिबद्धता
नागरिक उन्मुक्ति पार्टीले आफ्नो दल निर्वाचित भएमा ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रित गरेर विकासको काम गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उन्मुक्ति पार्टीले सो प्रतिबद्धता गरेको हो ।