सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।
दुबईका राजकुमार नेपालमा
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि शनिबार नेपाल आउनुभएको छ ।
परराष्ट्र नीतिमा साझा धारणा बन्नुुपर्ने
राष्ट्रिय सभा बैठकमा परराष्ट्र नीतिसँग जोडिएका विभिन्न विषय, सन्धि, सम्झौतामा राष्ट्रिय राजनीतिमा रहेका दलबीच साझा धारणासहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्ष बनेर भन्दा पनि राष्ट्रिय धारणासहित अगाडि बढ्नुपर्ने बेला आएकोमा जोड दिएका हुन् ।
सगरमाथा आधार शिविर सार्ने तयारी
जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
मलाई जानकारी गराइएन : ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दा आफूलाई त्यसको कुनै पनि जानकारी नगराएको बताउनुभएको छ ।
विदेश पठाई दिन्छु भन्दै २१ लाख ठगी गर्ने व्यक्ति पक्राउ
विदेश पठाई दिन्छु भन्दै २१ लाख ४६ हजार रुपियाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर टेकुमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की रहेका छन् ।
अध्यक्ष ओलीसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेट
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।
सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्
पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ।
स्थानीय विकास व्यवस्थापन सहायकविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तात्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध ६ करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक भएर लगाउन आग्रह
बालबालिकाहरुलाई लगाइन कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकोले निर्धक भएको खोप लगाउन जनस्वास्थ्य विज्ञको आग्रह छ ।
चितुवाको आक्रमणबाट डोटीमा दुई जना घाइते
डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन । शुक्रवार बिहान १० बजेतिर गाउँमा पसेको चितुवाको आक्रमणबाट स्थानीय ४५ बर्षीया पार्वती बि.क र पार्वती बि.ककी ३ बर्षीया छोरी लक्ष्मी बि.क घाइते भएका छन् ।
दुई दिने बिदा : पेट्रोलियम पदार्थको खपतमा कमी आएन
गत जेठ १ गतेदेखि लागू भएको शनिबार र आइतबार गरी दुई दिने सार्वजनिक बिदा असार १ गते बुधबारबाट खारेज भएको छ । अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य आकाँशिदा नेपालमा यसको आयातका लागि खर्च हुने रकम अत्यधिक बढ्यो ।
सोलुखुम्बुमा विपद् प्रतिकार्यको तयारी
सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढीपहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभा बैठक २०७९ साल, असार ३ गते
दिदीको घाँटीमा खुकुरी प्रहार गर्ने सुमित्रा पक्राउ
मोरङको पथरीशनिश्चरे १ पानीट्याङ्कीलाइनमा बस्ने २९ बर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईको घाँटीमा खुकुरी प्रहार गरेका छन् ।
ससुराली गएका तामाङ मृत फेला
ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल–बेलायत श्रम सम्झौता स्वीकृत
सरकारले बेलायत सरकारसँग दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो । मन्त्रिपरिषद्ले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने ३६ करोड ६२ लाख
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा घले
जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा (एमाले)का चिनबहादुर घले निर्वाचित हुनुभएको छ ।
मनमोहन मेडिकल कलेज लिन सरकारलाई अनुरोध
मनमोहन मेडिकल कलेजलाई सरकारले लिने (खरिद गर्ने गरी) प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेज लिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ । त्यसअघि मनमोहन मेडिकल कलेजले खरिद गर्न अनुरोधसहितको निवेदन मन्त्रालयसमक्ष दिइएको थियो ।
सात वर्षअघि नै एसपीपीबारे पत्राचार
अमेरिकाको नेसनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)मा संलग्नताका लागि नेपालका तर्फबाट कार्यान्वयन सन् २०१५ मा नै अनुरोध भएको पाइएको छ । नेपाली सेनाका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट एनजीएसएसपीमा सहभागी हुन अनुरोध गर्नुभएको थियो । पत्राचारको बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई गरिएको थियो ।
सिङ्गो गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार
जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँमा दुुई हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पानीको मुहानको श्रोत सुक्दै गएको कारण पानीको समस्या देखिएको हो ।
रोपिए एक लाख बिरुवा
राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको दोहनले निम्तिने जोखिमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । उहाँले प्रकृति स्वच्छ भए मात्रै हाम्रो जीवन स्वच्छ हुने र हामीले संरक्षण गरे मात्रै प्रकृतिले हामीलाई संरक्षण गर्ने तथ्यलाई नबिर्सन आग्रह गर्नुभएको हो ।
बैतडीमा टिपर दुर्घटना, चार जना घाइते
गोकर्ण दयालबैतडी, असार २ गते। बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिपर दशरथचन्द राजमार्गको पाटन नगरपालिकका-६, कनेडा मोडमा बिहीबार दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब तीन सय मिटर तल खसेको छ। दुर्घटना परेर टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, बैतडीको पाटन नगरपालिका-३ का हिरा विश्वकर्मा, पाटन नगरपालिका-४, का हरिना ऐरी महरा र टिपरका सहचालक भीमदत्त नगरपालिका-४ का वीरेन्द्र चौधरी घाइते हुनुभएकाे छ। घाइते चारै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलेको छैन।
कालीगण्डकीमा बेपत्ता भएका सात जनाको उद्धार
पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा बेपत्ता भएका सात जनाको उद्धार भएको छ।