• १९ असोज २०८१, शनिबार

एक हप्तामा तीन हजारभन्दा बढीमा डेंगु पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, कात्तिक २१ गते । एक हप्तामा देशभरबाट तीन हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार एक हप्तामा तीन हजार ४९५ जनामा डेंगु पुष्टि हुनुका साथै एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

साथै, देशभरबाट ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ  । डेंगु सङ्क्रमित घट्दो क्रममा भए पनि जोखिम कम भइनसकेको चिकित्सक बताउँछन् ।