• १९ असोज २०८१, शनिबार

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

blog

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाइका लागि अभिवादन गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँ छ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानुभएको हो । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नुभएको थियो । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।  विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सम्मान अर्पण गरेको थियो । 

यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्नु भएकाले उहाँले गर्दै आउनुभएका कार्यहरू उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने गरी राष्ट्रपतिले तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सो जानकारी दिनुभएको हो ।