सम्पदास्थलको अवलोकन
नेपाल भ्रमणमा रहनुभएका चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली चुनले शनिबार हनुमानढोका दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। २०७२ को भूकम्पमा क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदाको पुनर्निर्माणबारे जानकारी लिन उहाँ नेपाल भ्रमणमा आउनुभएको हो। चीन सरकारको सहयोगमा ती सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ।
मागभन्दा कम शिक्षक छनोट
माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्।
गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’
बागमती नदी किनार अतिक्रमण तीव्र बन्दै गएको अवस्थामा पछिल्लो पटक गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’ (उबरखबाड घुम्तीहरू भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण गरिएको छ।
आकाशको फल आँखा तरी मर
काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् ।
लिमीमा चौरीको सङ्ख्या छ गुणाले वृद्धि
नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौरी पाल्ने आकर्षण बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।
थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६८० जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ ।
राजनीतिमा युवा चासो
५० प्रतिशत युवाले मात्रै आफूलाई राजनीतिक रूपमा सचेत रहेको सोच्ने गरेको अध्ययनले देखाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र २८ प्रतिशत महिला छन् । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले गरेको अध्ययनले यस्तो तथ्य औँल्याएको हो । देशका एक हजार ८० युवामा गरिएको अध्ययनले १३ प्रतिशत युवाले आफू राजनीतिमा सक्रिय रूपमा संलग्न भएको बताएका थिए ।
जिज्ञासाको समाधान कल सेन्टरबाट
निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु-याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं. ११०२ मा सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सकिने आयोगले जनाएको छ।
लोकतन्त्र जोगाउने दायित्व गठबन्धनको काँधमा : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्वपूर्ण हुने बताउनुभएको छ।
चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल
नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारु बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण (सेफल्यान्डिङ) गराउनुपर्यो।”
काठमाडौँ महानगरले सडक सुरक्षा परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अग्नि नियन्त्रकका लागि सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै सडक सुरक्षा परीक्षण गरिने बताउनुभएको हो ।
अस्तित्व सङ्कटमा राष्ट्रकविले खोल्नुभएको विद्यालय
गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ । पठनपाठनका लागि बनाइएका विद्यालयका भवन जीर्ण बन्दै गएका छन् । संरक्षणका लागि पर्याप्त स्रोत नहुँदा अन्य संरचना पनि बिस्तारै मक्किन थालेका छन् । विद्यालय परिसरमा प्रशस्त जग्गा भए पनि संरक्षणका लागि आर्थिक अभाव हुँदा झारले ढाकेका छन् । २००५ सालमा स्थापना भएको यो विद्यालय लमजुङको पुरानोमध्येको पर्छ । त्यति बेला राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे संस्थापक प्रधानाध्यापक रहनुभएको थियो । स्वर्गीय कप्तान प्रेमबहादुर थापा अध्यक्ष तथा अन्य आठ जना संस्थापक सदस्य रहनुभएको थियो ।
नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
काठमाडौं, कात्तिक २५ गते। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ। शुक्रबार क्यानले रोहिलाई कप्तानको जिम्मेवारी दिएको हो। बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि कारागारमा छन्। शुक्रबार क्यानले उपकप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो। रोहितको कप्तानीमा नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। घरेलु मैदानमा युएईसँग उक्त सिरिज नोभेम्बर १४ बाट हुनेछ।
पत्रकार महिलालाई क्षमता विकास तालिम
पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारीका समूहले ललितपुरमा गरेको एक कार्यक्रममा पत्रकार महिलाले सो कुरा बताएका हुन् ।
आयोगको सिफारिस कार्यान्वयन भएन : अध्यक्ष मगर
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार गम्भीर नहुँदा आयोगहरुले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।
सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्
निर्वाचनका बेला रोजगारीका लागि भारत जानेको लर्को
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
चितुवाको आक्रमणबाट तीन घाइते, एकको अवस्था गम्भीर
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक
गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
ग्रेडर मेसिन हाँक्दै अनिता
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् ।
निर्वाचन समावेशी र अपाङ्गतामैत्री बनाउन निर्देशन
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प आत्मसात् गरेको आयोगले जनाएको छ ।
‘ह्याट्रिक’वाला विष्टलाई झाँक्रीको ‘डेब्यु’ चुनौती
नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिबद्ध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। विशेष अदालतबाट भएका फैसलाउपरको पुनरावेदनका विषयमा जारी वक्तव्यका विषयलाई लिएर नेपाल बार एसोसिएसनले आपत्ति जनाएपछि आयोगले यस्तो प्रतिबद्धता जनाएको हो।