अल्पसङ्ख्यकको अधिकारका लागि तेस्रोलिङ्गी उम्मेदवार
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवार चुनाव प्रचारप्रसारमा व्यस्त छन्। निर्वाचनलाई समावेशी बनाउनुपर्ने कानुनी बाध्यतापछि राजनीतिक दल सबै समूहलाई समेट्न बाध्य छन्। सङ्घीय निर्वाचनमा यो पटक तीन जना यौनिक तथा तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका उम्मेदवार हुनुहुन्छ। जसमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई जनाको नाम समेटिएको हो।
रिट्ठेपानी डाँडा कटान हुँदै : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ मा परीक्षण उडान
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मंसिर १४) गते यान्त्रिक परीक्षण गर्ने तयारी भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मंसिर १४ गते यान्त्रिक परीक्षण उडान गर्ने गरी तयारी अघि बढेको जानकारी दिनुभयो ।
मतदान केन्द्रमा मोबाइल लगे तत्काल कारबाही
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।
निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै
आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहौल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरूको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
अर्याल र शेर्पाको टोलीद्वारा गाङछेँपो हिमालको सफल आरोहण
नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएको छ ।
मङ्सिरमा ब्याजदर नबढ्ने
वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
ललितपुर-२ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी
प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न राजनीतिक दलबाट १४ र आठ स्वतन्त्र उम्मेदवारहरुले प्रतिनिधिसभा सदस्यका लागि मतदाताको घरदैलोमा पुगेर मत मागिराख्नुभएको छ ।
ओखलढुङ्गामा २५ कैदिबन्दीले मतदान गर्ने
मङ्सिर ४ गते हुने निर्वाचनमा ओखलढुङ्गाबाट २५ जना कैदिबन्दीले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गर्ने स्वीकृति दिएपछि २५ जना कैदिबन्दीले मतदान गर्ने भएका हन् ।
पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन
सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
राप्रपा विवादले स्याङ्जामा ठूलो समूह निर्वाचनमा सहभागी नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जामा पार्टीको आन्तरिक विवादका कारण ठूलो समूहबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ
केही वर्षअघिसम्म ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ ।
निर्वाचनमा विद्यालय चार दिन बिदा दिने सरकारको निर्णय
नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ ।
जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।
सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध
काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।
निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
प्राथमिकतामा परेनन् ‘भ्यु टावर’
कुनै बेला स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ‘गाउँगाउँमा भ्यु टावर’ भन्ने नारा लोकप्रिय बनेको थियो । ‘गाउँगाउँमा आधारभूत अस्पताल’ भन्दा लोकप्रिय र प्राथमिकतामा परेको ‘भ्यु टावर’को नारा व्यवहारमा धेरै हदसम्म लागूसमेत भयो । अहिले मुलुकभरि ३११ स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता छ ।
डा. तोसिमाको उम्मेदवारी कायमै : सर्वाेच्च
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निरन्तर हुने आदेश गरेको छ । उम्मेदवारी कायम रहनेगरी यसअघि एकल इजलासले जारी गरेको आदेशविरुद्ध निर्वाचन आयोगको निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिएको हो ।
बुङ्मतीको विकासमा जुटे स्थानीय
बुङ्मतीको विकास, सम्पदाको प्रचार प्रसार तथा व्यवस्थापन गर्न स्थानीय जुटेका छन्। उपत्यकावरपरका ऐतिहासिक ५२ वटा बस्तीमध्येको बुङ्मतीको सांस्कृतिक, धार्मिक महत्त्वका मूर्त/अमूर्त सम्पदाको संरक्षणमा यहाँका स्थानीय जुटेका हुन्। काठमाडौँबाट छोटो दूरीमा रहेको बुङ्मती रातो मच्छिन्द्रनाथको मन्दिरका कारण प्रख्यात छ। ललितपुर महानगरपालिका–२२ स्थित यस क्षेत्रका गल्ली, चोक र टोल ऐतिहासिक मौलिक विविध सम्पदाले भरिपूर्ण छन्। यहाँ हरेक घरपरिवार आयआर्जनका लागि विभिन्न हस्तकलाका सामग्री निर्माण गरेको दृश्य देख्न पाइन्छ।
विपन्नमा परेकालाई २३ करोड रुपियाँ सहयोग
तेह्रथुमको मोराहांङ ९ सिकिदिम घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनुभएका हेम माया थापा फाउण्डेसनले देश तथा विदेशमा रहेर समस्यामा परेकालाई २३ करोड रुपियाँ सहयोग गरेको छ । समाज सेवामा लागेर करोडौँ रुपियाँ सहयोग गरेको भए पनि फाउण्डेशन चर्चामा आउन नखोजेको जनाएको छ । दुःख कष्ट भोगेर सहेर आफू विपन्न परिवारमा जन्मेको भए पनि दुःख र पीडालाई बुझेर नै समाजसेवामा लागेको थापाले बताउनुभयो ।
निर्वाचनमा लिमी खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने
मङ्सिर ४ गतेको निर्वाचनका लागि नाम्खा गाउँपालिका –६ को हिमालपारि गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो ।
शहीद परिवारलाई उपेक्षा गरेकोमा गुनासो
महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने मधेश आन्दोलनका शहीद अमित कापरको बुबा रामवृक्ष कापरले शहीद परिवारको उपेक्षा भएको गुनासो गर्नुभएको छ । आफ्नै घरमा भेट्नु भएका कापरले मधेश आन्दोलनमा कमाउने छोरा गुमाउनुपर्दा ठूलो पीडा भएको दुःख व्यक्त गर्नुभयो ।
माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।
आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौँ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ ।
५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन
बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् ।