• १३ असोज २०८१, आइतबार

विपन्नमा परेकालाई २३ करोड रुपियाँ सहयोग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २८ गते । तेह्रथुमको मोराहांङ ९ सिकिदिम घर भई  हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनुभएका हेम एण्ड माया थापा फाउण्डेसनले देश तथा विदेशमा रहेर समस्यामा परेकालाई २३ करोड रुपियाँ सहयोग गरेको छ । समाज सेवामा लागेर करोडौँ रुपियाँ सहयोग गरेको भए पनि फाउण्डेशन खासै चर्चामा आउन नखोजेको जनाएको छ । दुः ख कष्ट भोगेर सहेर आफू विपन्न परिवारमा जन्मेको भए पनि दुः ख र पीडालाई बुझेर नै समाजसेवामा लागेको थापाले बताउनुभयो । 

विदेश बस्नु भएको ३१ वर्ष भए पनि अहिले उहाँहरूले नेपालमा हेम एण्ड माया थापा फाउण्डेसन नेपाल संस्था दर्ता गरी  विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आउनुभएको छ । हालसालै सो फाउण्डेशन नेपालले सुदूरपश्चिममा भएको  भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बुधबार राति गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको पूर्वचौकी गाउँपालिका ३ गैरागाउँमा मानवीय क्षति भएको थियो । 

समाजसेवी थापाले मृतकका परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्नुभयो । फाउण्डेसनले विभिन्न विपद्मा परेकाहरूका लागि आर्थिक सहयोग प्रदान गर्दैआएको छ । 

त्यस्तै, गरिब निमुखाहरूलाई स्वास्थ्य उपचारका लागि नगद र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । सो फाउण्डेसनले पर्साको मौवानमा एक विद्यालयको भवन पनि निर्माण गरेको फाउण्डेसनकी सदस्य माया थापाले बताउनुभएकाे छ ।  

२०७२ को भूकम्पमा पनि थापाले खाद्य, त्रिपाल, लुगा कपडा र नगद गरी ३० लाख सहयोग गरेको थियो । फाउण्डेसनका संस्थापक थापाले भन्नुभयो–विभिन्न विपतमा परेकाहरूको उपचार, राहत र आर्थिक सहयोग गरी एक करोड सहयोग गरेको छु । बाढी, पहिरो, हावाहुरी जाँदा विभिन्न ठाउँमा मठ, मन्दिर, विद्यालय, हस्पिटल, पाटीपौवा, पुराना लगाउँदा २५ देखि ३० लाख गरिसकेको जानकारी गराउनुभयो । 

त्यस्तै, विदेशमा मृत्युदण्ड पाएका प्रेम राईलाई पाँच लाख, कुमार रानामगरलाई दुई लाख, खड्क जोगीलाई ६ लाख, विनोद रानाभाटलाई एक लाख गरी चौध लाख सहयोग गरी उद्धार गरेको बताउनुभएको छ । 

विगत ३९ वर्षदेखि समाजसेवामा सक्रिय थापा दम्पतीले असहाय बालबालिकाको शिक्षादीक्षाका लागि आजसम्म ५६ हजार ७ सय ९२ जनाभन्दा बढीलाई सहयोग प्रदान गरेको जनाउनुभएको छ ।