• १३ असोज २०८१, आइतबार

डा. तोसिमाको उम्मेदवारी कायमै : सर्वाेच्च

blog

काठमाडौँ, कात्तिक २९ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी निरन्तर हुने आदेश गरेको छ । उम्मेदवारी कायम रहनेगरी यसअघि एकल इजलासले जारी गरेको आदेशविरुद्ध निर्वाचन आयोगको निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त इजलासले अघिल्लो आदेशलाई निरन्तरता दिएको हो ।

लाभको पदमा रहेको भन्दै आयोगले कात्तिक १२ गते कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत जानुभएकी कार्कीको पक्षमा कात्तिक १५ गते अदालतले अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको एकल इजलासको आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चले कात्तिक १५ गते उम्मेदवारी खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध आयोगले सर्वोच्चमा निवेदन दिएको थियो । उक्त निवेदनमा सुनुवाइ गर्दै अदालतले यसअघिको आदेशलाई नै निरन्तरता दिएको हो ।