• १० वैशाख २०८३, बिहिबार

स्कुल बसमा आगलागी

blog

आगलागी भएको तिलोत्तमाको शङ्करनगरस्थित एपेक्स स्कुल बस । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, वैशाख १० गते । रूपन्देहीको एक संस्थागत विद्यालयको स्कुल बसमा आगो लागेको छ ।

तिलोत्तमाको शङ्करनगरस्थित एपेक्स स्कुलको बसमा आगलागी भएर क्षति भएको हो । लु. १ प. ८९७ नम्बरको बस स्कुलकै कम्पाउन्डमा पार्किङ गरी राखेको अवस्थामा आगो लागेको प्राचार्य दीपक गौतमले जानकारी दिनुभयो ।

बस जलेर ध्वस्त भएको भएको छ तर अन्य क्षति भने नभएको प्राचार्य गौतमको भनाइ छ । आगलागीको कारण भने खुलेको छैन ।