मुस्ताङ, वैशाख ११ गते । उपल्लो मुस्ताङको चराङस्थित च्याङ्ग्रा स्रोत केन्द्रको फार्ममा पालिएका च्याङ्ग्रा । चराङ च्याङ्ग्रा स्रोत केन्द्र वि सं २०७६ सालदेखि सङ्घीय सरकार अन्तर्गत राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन केन्द्रले उपभोक्ता समिति मार्फत सञ्चालन गर्दै आइरहेको छ ।
यो केन्द्र मुख्यगरी पश्मिनाको उत्पादन तथा प्रर्वद्धन र च्याङ्ग्राको पाठापाठी उत्पादनमा केन्द्रित छ । अहिले फार्ममा ५ सय भन्दा बढी च्याङ्ग्रा र पाठापाठी पालिएका छन् । तस्बिरः रासस