• १६ भदौ २०८१, आइतबार

चितुवाको आक्रमणबाट तीन घाइते, एकको अवस्था गम्भीर

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २५ गते ।
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा बाख्रा खान आएको चितुवा घरभित्र पसेपछि धपाउने क्रममा तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ६८ वर्षीय तुलसी पराजुली, ६४ वर्षीय कृष्णलाल न्यौपाने र २४ वर्षीय लक्ष्मी पराजुली हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तुलसीको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइते तीनै जनाको गण्डकी मेडिकल कलेज पोखरा उपचार भइरहेको छ । आक्रमणपछि थुनिएको चितुवालाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको हो ।