• १९ असोज २०८१, शनिबार

एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा २२ जना उम्मेदवार

blog

काठमाडौं, कात्तिक २० गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछाप जिल्ला २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा १७ राजनीतिक दल र पाँच स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन आयोगले यस क्षेत्रमा ९६ मतदान स्थल र २२६ मतदान केन्द्र निर्धारण गरेको छ । एक लाख ८० हजार १०६ मतदातामध्ये ९२ हजार ०६९ पुरुष र ८८ हजार ०३७ महिला छन् ।


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल