• १३ साउन २०८१, आइतबार

साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

blog

काठमाडौं, कात्तिक २० गते । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालीस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन,  सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरि ?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय ! हाम्रो चाला, के हो त ईश्वर ?, असली हीरा के हो ?, राधा, हा कृष्ण ! जस्ता ३९ वटा भजन सङ्ग्रहित छन् ।

उहाँद्वारा लिखित विभिन्न पाठ्यपुस्तक, वैभव लक्ष्मी, चालीसा सङ्ग्रह, एघार चालीसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण, श्रीमद्भागवत महापुराण सङ्क्षिप्त, दुर्गा चालीसा, शिव चालीसा, लक्ष्मी चालीसा, गणेश चालीसा, महाकाल शनिमृत्युन्जय जस्ता कृति सार्वजनिक भइसकेका छन् ।