बाढी, पहिरो र चट्याङबाट १८ जनाको मृत्यु
देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपत्बाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो । पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सु
आएन राष्ट्रिय सभाले पठाएको पत्रको जवाफ
“आकस्मिक समय, शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सभामा दिनुपर्ने छ,” राष्ट्रिय सभा दोस्रो संशोधन नियमावली, २०८० को नियम १५ (२) ले स्पष्ट व्यवस्था गरेको छ तर नियमावलीको सो व्यवस्था कार्यान्वयन गराउन सङ्घीय संसद् सचिवालयलाई चुनौतीपूर्ण बनेको छ । सङ्घीय संसद् सचिवालयले नियमावली कार्यान्वयनका लागि सङ्घीय सरकारका २१ मन्त्रीलाई सभाको बैठकमा उठेका विषयको जवाफ दिन पत्राचार गरेको पनि करिब ४५ दिन बितेको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भन्नुभयो, “पत्रको जवाफमा राष्ट्रिय सभामा मन्त्री आउने अपेक्षा गरेका थियौँ । न मन्त्री आउनुभयो न त पत्रको कुनै जवाफ ।”
हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ
गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा पाएको ८१५ रोपनी जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । विसं २०६६ माघ १८ गतेको मन्त्रीपरिषद्को विधायन समितिको सिफारिसमा सरकारले काभ्रेपलाञ्चोक चलाल गणेश तथा श्रीखण्डपुर (साबिक गाविस) मा रहेको ८१५ रोपनी जग्गा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा खरिद गर्न दिने निर्णय गरेको थियो ।
झोलुङ्गे पुलमा जोखिम बढ्दो
झोलुङ्गे पुलको मर्मत सम्भार तथा रेखदेख नहुँदा हुने घटना धेरै हुने गरेका छन् तर पनि तिनको व्यवस्थापनको पहल हुने गरेको छैन । गत जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा चुडिँदा दुई खच्चड मरे । ११ वटाको भने उद्धार गरियो तर यो मात्र त्यस्तो घटना थिएन । २०७९ जेठ ९ गते गोरखाको चुमनुब्री गाउँपालिकास्थित बुढीगण्डकी नदीमा झोलुङ्गे पुल भत्किँदा आठ वटा खच्चड बुढीगण्डकी नदीमा खसेका थिए । पाँच वटा मरे, तीन वटा घाइतेको उद्धार गरिएको थियो ।
पहिरोमा गम्भीर घाइते भएकालाई काठमाडौं लगियो
ओखलढुङ्गाको शेर्ना थुम्कीमा बुधबार विहान गएको पहिरोमा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत
नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।
फेवातालमा डुबेर एकको मृत्यु
फेवातालमा माछा मार्ने क्रममा डुबेर बुधबार दिउँसो एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका –१८ खपौदी फेवातालमा माछा मार्ने क्रममा डुबेर ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको हो ।
कोदालो प्रहारले एकको मृत्यु
महोत्तरीको औरही नगरपालिका –४ कबिलासामा देवरको सांघातिक आक्रमणले भाउजूको ज्यान गएको छ । प्रहरीका अनुसार घर बनाउने बिषयमा बुधबार साँझ साढे ५ बजेतिर विवाद चर्कदा देवर रामजतन यादवले कोदालो प्रहार गर्दा ५० वर्षीया भाउजू रीतादेवी यादवको मृत्यु भएको हो ।
नेपालमा नमुना संयुक्त राष्ट्रसङ्घको सुरक्षा बहस
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल्यो ।
‘लयको तरेलीमा’ र ‘हाम्रो माया’ सार्वजनिक
सिर्जना अभियान भक्तपुरले २१ जना गीतकारको सामूहिक गीत सङ्ग्रह ‘लयको तरेलीमा’ तथा गीतकार हरिकृष्ण बखुन्छेको दृश्यगीत ‘हाम्रो माया’ सार्वजनिक गरेको छ ।
लागूऔषधविरुद्ध ६ दिने अभियान
इस्लामिक सङ्घ नेपालले लागूऔषधविरुद्ध देशव्यापी अभियान सञ्चालन गरेको छ । असार ११ देखि १६ गतेसम्म ६ दिन अभियान सञ्चालन हुने सङ्घले जनाएको छ ।
गङ्गापूर्ण ताल
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । गङ्गापूर्ण हिमाल, अन्नपूर्ण चौथो जस्ता हिमालहरूबाट आउने हिमनदीहरू थेग्रिएर यो ताल बनेको हो ।
पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।
सोलार बत्तीबाट पानी तानेर वितरण
मंगला गाउँपालिका –२ र्यालेखोरमा सोलार बत्तीको प्रयोग गरेर पानी तानेर गाउँका सर्वसाधारणलाई स्वच्छ पिउने पानी वितरण गरिएको छ ।
अत्तरियाबाट एक पुरुष सम्पर्कविहीन
गोदावरी नगरपालिका–३ का ५० वर्षीय देव साउँद आइतबारदेखि अत्तरियाबाट सम्पर्कविहीन हुनु भएको छ ।
कटान नियन्त्रण गर्न उखु, बाँस र बगरखेती प्राथमिकतामा
कैलालीको कैलारी गाउँपालिकाले जैविक तटबन्धको रुपमा उखु तथा बाँस खेती विस्तार र बगर खेतीलाई प्राथमिकता दिने भएको छ ।
गोरखापत्रकर्मी लामिछाने सम्मानित
गोरखापत्र दैनिकका मुसीकोट (रुकुमपश्चिम) समाचारदाता राजु लामिछाने सम्मानित हुनुभएको छ । उहाँलाई जिल्ला समन्वय समिति, चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिकाले पुरस्कारसहित छुट्टाछुट्टै कार्यक्रममा सम्मानित गरेका हुन् ।
आमसञ्चार प्राधिकरणद्वारा गतिविधि सार्वजनिक
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले कार्यालयको गतिविधि सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी तीन आर्थिक वर्षको गतिविधि सार्वजनिक गरेको हो ।
क्षयरोगमुक्त घोषणाका लागि अभियान
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका घोषणा गर्न अभियान सञ्चालन गरिएको छ । विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदैआएको छ ।
सिमकोट गाउँपालिकाको बजेट ४९ करोडभन्दा बढी
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोडभन्दा बढी बजेट ल्याएको छ । सोमबार नवौँ गाउँ सभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा हुम्लाका गाउँपालिकाले कृषि पर्यटक र आयआर्जनलाई प्राथमिकता दिएको छ ।
मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ ।
विद्युत पोल ढल्ने डरले स्थानीय त्रसित
कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चौवन्नमा विद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडि आएको हावाहुरीले क्षति पुराउँदा बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।
विदेशबाट श्रीमान् फर्काउने उपाय बन्यो कागती खेती
व्यास नगरपालिका–१३ आशापानीकी सिर्जना कोइराला रेग्मीको उद्यमले विदेश पुगेका श्रीमान राजु रेग्मी स्वदेश फर्किनुभएको छ।
देशैभर फैलियो मनसुन
सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्र्ने किसानमा खुसी छाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पू