• १५ असार २०८१, शनिबार

फेवातालमा डुबेर एकको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार १२ गते । फेवातालमा माछा मार्ने क्रममा डुबेर बुधबार दिउँसो एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका –१८ खपौदी फेवातालमा माछा मार्ने क्रममा डुबेर ३३ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको हो । 

दिउँसो साढे ४ बजेतिर तालमा डुब्नुभएका मगरलाई वडा प्रहरी कार्यालय बैदाम, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सवा ५ बजे उद्धार गरेको थियो ।

मगरलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । बागलुङ घर भए पनि मगर पोखरा १८ खपौदीमा बस्दै आउनुभएको थियो ।