• १५ असार २०८१, शनिबार

कोदालो प्रहारले एकको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दीबास, असार १२ गते । महोत्तरीको औरही नगरपालिका–४ कबिलासामा देवरको साङ्घातिक आक्रमणले भाउजूको ज्यान गएको छ । प्रहरीका अनुसार घर बनाउने विषयमा बुधबार साँझ साढे ५ बजेतिर विवाद चर्कँदा देवर रामजतन यादवले कोदालो प्रहार गर्दा ५० वर्षीया भाउजू रितादेवी यादवको मृत्यु भएको हो ।

कोदालोको धारले टाउकोमा गहिरो घाउ लागेपछि रितालाई प्रहरी सहयोगमा नजिकको अस्पतालमा लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाउँलेका अनुसार देवर–भाउजूबिच लामो समयदेखि चलेको जग्गा विवाद अदालतसम्म पुगेको थियो । रिताको श्रीमान् रामनारायणको दुई वर्ष अघि मृत्यु भैसकेको स्थानीयको भनाइ छ । 

घट्ना लगतै प्रहरीले देवर यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी सन्तुलाल जयसवारले बताउनुभयो ।