सडक कालोपत्रे नहुँदा सास्ती
मोरङको पथरीशनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार–गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
पर्यटकको मन जित्दै कलात्मक प्रवेशद्वार
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रवेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रवेशद्वारले धेरै आन्तरिक तथा वाह्रय पर्यटकको मन जित्न सफल भएको छ ।
गोलिया ओसारपसारमा रोक
ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरूले गोलिया ओसारपसारमा रोक लगाएका हुन् ।
पलाँताको बेरुजु ३० करोड बढी, पेस्की मात्रै ८५ लाख
कालीकोटको पलाँता गाउँपालिकाको बेरुजु ३० करोड नाघेको छ । जनप्रतिनिधिको दबाबले हचुवाको भरमा बजेट वितरण गर्ने भएकाले बेरुजुको दायरा बढेको कर्मचारीहरूले जनाएका छन् ।
पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासङ्घले आफ्नो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । असार १३ गते उम्मेदवारी र २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका महासंघले सार्वजनिक गरेको हो ।
उच्च अदालतद्वारा अरविन्द केजरीवालको जमानतमा रोक
दिल्ली उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ ।
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ।
पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङका पहिरोपीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमार्फत बाढी पहिरोपीडित परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो ।
रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेता (फोटो फिचर)
राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसमा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ।
ट्याक्टरबाट खसेर एकको मृत्यु, एक बेवारिसे शव फेला
नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।
मिनी ग्रेटवाल बन्यो आकर्षक
दोलखाको शैलुङ गाउँपालिकामा निर्माण भएको मिनी ग्रेटवाल हेर्न चाइनिज टोली आउन थालेका छन् । मिनी ग्रेटवाल पर्यटकका लागि आकर्षक बनेकाले केही दिनदेखि चाइनिज टोली आउन थालेका बेस क्याम्प कालापानीका शैलुङइन होटलका सञ्चालक लालबहादुर श्रेष्ठले बताउनुभयो ।
रामपुर नगरपालिकाको बजेट ७३ करोड ८५ लाख
जिल्लाको रामपुर नगरपालिकाले ७३ करोड ८५ लाख चार हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो ।
मालिकालाई बालमैत्री घोषणा गरिदै
गुल्मीको मालिका गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने नीति ल्याएको छ । बिहीबार मालिका गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष देविराम अर्यालले १९४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने बताउनुभयो ।
देखासिकीमा जबरजस्ती योग गर्नुहुँदैन
आयुर्वेद चिकित्सक डा।सुबोध मिश्रले जबरजस्ती योग नगर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो।
भारतले लाने भयो रक्तचन्दन
नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको हो । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
फरक भूगोल उस्तै पीडा : मुस्कान र नतालिया
सन् २०२० मा एसिड आक्रमणमा परेकी नेपालकी १८ वर्षीया मुस्कान खातुन आफू जस्तै किशोरीलाई त्यस्ता हिंसाको मारबाट बचाउन अग्रसर हुनुहुन्छ । यस कार्यमा उहाँलाई साथ दिन सन् २०१४ मा एसिड आक्रमणमा पर्नुभएकी कोलम्बियाकी ४३ वर्षीया नतालिया पोन्से डे लियोनले काठमाडौँसम्म आएर हौसला बढाउने काम गर्नुभएको छ ।
‘सरकार परिवर्तनको कुरा हल्ला मात्र’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।
हिंसा न्यूनीकरणमा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक
लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारले निमौण गरेको कानुन र नीति नियमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको छ ।
प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेशमा ४७.२६ प्रतिशत बजेट खर्च
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको ४० अर्ब ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट खर्च भएको हो ।
खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।
लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको जनाएको छ ।
डुबेर दुई बालकको मृत्युपछि बलानसेरवासी शोकमा
लहान नगरपालिका–१७ बलानसेरका दुई बालकको बलान नदीमा डुबेर मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। रितिक चौधरी हिमालयन बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत छात्र थिए। अविनाश सदाय गाउँमै रहेको सामुदायिक विद्यालय बलानेसरमा कक्षा २ मा अध्ययनरत थिए।
मोरङका शिक्षक दलको सदस्यता त्याग्दै
विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।